साढे पाँच लाख कित्ता निश्कासनमा कति पाउलान सर्वसाधारणले? फोटोमा हेर्नुस लगानीकर्ताको भीड

बिजमाण्डू
२०७२ चैत्र १ गते ००:०० | Mar 14, 2016
साढे पाँच लाख कित्ता निश्कासनमा कति पाउलान सर्वसाधारणले? फोटोमा हेर्नुस लगानीकर्ताको भीड

काठमाडौं। मेरो माइक्रोफाइनान्सको साधारण सेयरका लागि आवेदन दिने सोमबार अन्तिम दिन लगानीकर्ताको निकै ठूलो भीड लागेको छ। सर्वसाधारणका लागि जम्मा पाँचलाख ५६ हजार ९ सय २० कित्ता सेयर खुला गरिएको हो । गत शुक्रबार नै माग गरेको भन्दा ४२ गुणा बढीको आवेदन परिसकेको थियो ।
 
यो माइक्रोफाइनान्सको ३० हजार ६ सय कित्ता सामूहिक लगानी कोषका लागि, २४ हजार चारसय ८० कित्ता कर्मचारीका लागि र बाँकी पाँचलाख ५६ हजार ९ सय २० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको छ।
 
सोमबार संकलन केन्द्रहरुमा लगानीकर्ताको निकै ठूलो भीड लागेको छ। लगानीकर्ताको भागमा मागको तुलनामा निकै थोरै सेयर पर्ने निश्चित जस्तै छ। तर, लगानीकर्ताको आकर्षण भने घटेको छैन ।

Tata
GBIME
Nepal Life

फोटोमा हेर्नुस लगानीकर्ताको भीड: