कुन देशका मास्टरले सबैभन्दा धेरै कमाउँछन्? लग्जेमवर्गका शिक्षकले ‍एक वर्षमा एक करोड कमाउने

बिजमाण्डू
२०७२ चैत्र १ गते ००:०० | Mar 14, 2016
कुन देशका मास्टरले सबैभन्दा धेरै कमाउँछन्? लग्जेमवर्गका शिक्षकले ‍एक वर्षमा एक करोड कमाउने

कहाँका मास्टरले सबैभन्दा धेरै कमाउँछन्? उत्तर हो लग्जेमवर्ग। युरोपको यो सानो मुलुकमा शिक्षकले सबैभन्दा धेरै आम्दानी गर्ने गरेको ओइसीडी रिसर्चले देखाएको छ।

Tata
GBIME
Nepal Life

ओइसीडीको सन् २०१५ को एडुकेसन एट अ ग्लान्स रिपोर्टअनुसार लग्जेमवर्गका शिक्षकले ‍एक वर्षमा औशतमा १ लाख अमेरिकी डलर अर्थात् एक करोडभन्दा बढी नेपाली रुपैयाँ कमाउँछन्।

जर्मनका शिक्षकले कमाउने औशत आम्दानी ६६ हजार डलर रहेको छ। क्यानडामा पनि शिक्षकको आम्दानी राम्रो छ। त्यहाँ शिक्षकले ६३ हजार ५ सय ५७ डलर कमाउँछन् एक वर्षमा।

युरोपका नेदरल्यान्ड यो सूचीमा पाँचौमा रहेको छ भने आयरल्यान्ड सातौमा र नर्वे दशौंमा। अस्ट्रेलिया, अमेरिका र क्यानडामात्र यो सूचीमा पर्ने गैर युरोपेली मुलुक हुन्।