ऋणको बोझले चिन्तित हुनुहुन्छ? यि ६ उपाय अपनाउनुहोस् तपाई सजिलै सबै ऋण तिर्न सक्नु हुन्छ

बिजमाण्डू
२०७२ चैत्र २ गते ००:०० | Mar 15, 2016
ऋणको बोझले चिन्तित हुनुहुन्छ?  यि ६ उपाय अपनाउनुहोस् तपाई सजिलै सबै ऋण तिर्न सक्नु हुन्छ

Tata
GBIME
Nepal Life

काठमाडौं । आम्दानी सीमित तर खर्च वढि । यस्तो बेलामा गर्जो टार्न ऋण लिनु आममान्छेको वाध्यता हो ।
 
ऋण लिएपछि तिर्नु पनि पर्छ । अवस्था सुध्रिसकेको हुँदैन तर ऋण तिर्ने चिन्ताले अझ मानसिक तनाव थप्छ । तपाई पनि यस्तै समस्यामा हुनु हुन्छ भने त्यसबाट निस्किने ६ वटा उपायहरु छन् ।
 
तपाईले ६ वटा तरिका आफ्नो जीवनमा लागू गर्नु भयो भने ऋण पनि सजिलोसँग तिर्न सक्नु हुन्छ र थप ऋणको आवश्यकता पनि पर्दैन ।
 
. ऋणको विस्तृत विवरण
ऋणको वोझ कम गर्न सबैभन्दा पहिले त्यसको विस्तृत विवरण तयार पार्नुहोस् । विवरणमा कति ऋणमा तपाई दब्नु भएको छ भन्ने हिसाव आइहाल्छ । त्यसपछि कुन ऋणको कति न्युनतम भुक्तानी गर्नु पर्छ त्यो पनि लेख्नुस् । कुन ऋणको इएमआइ (किस्ता र ब्याज) कति हो र त्यसको अवधि कतिको छ त्यो पनि लेख्नुस् । यसो गर्दा तपाईले कहिलेसम्म ती ऋणहरु तिरिसक्नु पर्छ भनेर हिसाव आउँछ ।
 
. ऋणको वर्गीकरण
तपाईले ऋणको विस्तृत विवरण त तयार गरिसक्नु भएको छ, अब त्यसको वर्गीकरण पनि गर्नुहोस् । यसो गर्दा तपाई अहिले कुन ऋणको ब्याज वढि तिरिरहनु भएको छ र कुनको कम भन्ने थाहापाउनु हुन्छ । अनि ब्याज दरका हिसावले ऋण भुक्तानीको तालिका बनाउनुहोस् । ती ऋण चाँडो तिर्नुहोस् जसमा बढी ब्याज लाग्छ ।
 
. आम्दानी र खर्चको विवरण
ऋणको विस्तृत विवरण तयार पारेपछि तपाई आफ्नो मासिक आम्दानी र खर्चको विश्लेषण गर्नुहोस् । अधिकांस मान्छे यस्ता हुन्छन् जसले आफ्नो खर्चलाई गणना नै गरिरहेका हुँदैनन् । खर्चलाई व्यवस्थित गर्न सकिएन भने तपाईको बजेट सँधै विग्रिन्छ । यस्तो हुँदा ऋण तिर्न गाह्रो हुन्छ । यसबाट जोगिनका लागि सबै प्रकारका खर्चहरु लेखेर राख्नुहोस् । अचेल त खर्चको लिस्ट तयार पार्न कागज र पेनको पनि आवश्यकता पर्दैन सबै मोवाइलमै उपलब्ध छन् ।
 
.  खर्च न्यूनीकरण
सबै खर्चहरुको विवरण तयार हुँदा तपाईले कुन कुरामा वढि खर्च गरिरहनु भएको छ र त्यो कति आवश्यक हो । यसो हुँदा कुन खर्च घटाउन सकिन्छ भनेर सजिलै विश्लेषण गर्न सकिन्छ । यसले तपाईलाई अतिरिक्त खर्च गर्नबाट जोगाउँछ । खर्च कटौती गरेपछि तपाईले सजिलोसँग ऋण तिर्दै जानसक्नु हुन्छ । बरु अतिरिक्त काम गर्न सकिन्छ भने तपाई त्यतातिर पनि लाग्नुहोस् जसले आम्दानी बृद्धि हुन्छ ।
 
. स्व भुक्तानी
तपाई महिनावारी तलव तथा आम्दानी त बैंकबाटै वुझ्नु हुन्छ होला । अब तपाई के गर्नुहोस् भने ऋण तिर्नु पर्ने निश्चित रकम तलवबाट सम्बन्धित ब्यक्ति तथा संस्थाको खातामा जाने व्यवस्था मिलाउनुहोस् । यसो हुँदा जरिवानामा पनि परिँदैन र तपाईले ब्यवस्थित रुपमा ऋण तिर्नु हुन्छ । यसको अर्को फाइदा पनि छ । तपाईको खाताबाट ऋणको पैसा घटेपछि बच्ने थोरै पैसाले खर्च चलाउनु पर्छ, यसो हुँदा तपाई खर्च गर्न डराउनु हुन्छ ।
 
. हतारोपनको त्याग
ऋण भुक्तानी विस्तारै विस्तारै चल्ने प्रकृया हो । त्यसैले ऋण तिर्ने कुरामा कहिले पनि चिन्ता नलिनुहोस् । नेपालीमा त फेरी उखानै पनि छ नि- ऋण लागोस् तर दीन नलागोस् । जब तपाई मानसिक रुपमा ऋणको चिन्ताबाट मुक्त हुनुहुन्छ त्यसले तपाईको काममा उत्साह थप्छ । आम्दानी गर्ने नयाँ नयाँ बाटोहरु खोज्न सक्नु हुन्छ ।