ब्याज भुक्तानीमा नेपाली बैंक भारतभन्दा अगाडि, पाँच बर्ष अघि लिएको नीति बल्ल आरबिआइले लियो

बिजमाण्डू
२०७२ चैत्र ३ गते ००:०० | Mar 16, 2016
काठमाडौं । नेपालको नियामकले भारत वा अन्य विकशित देशको सिको गरेर  नीति बनाउँछन् । तर भारतको केन्द्रीय बैंकले भने नेपालले पाँच बर्षअघि नै ल्याएको व्यवस्था आफ्नो देसमा पनि गरेको छ ।
 
रिजर्भ बैंक अफ इन्डियाले आफु मातहतका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै बचत खाताको ब्याज प्रत्येक तीन महिना भुक्तानी गर्न निर्देशन दिएको छ ।
 
नेपाल राष्ट्र बैंकले भने पाँच बर्षअघि नै यस्तो निर्देशन दिएको थियो । प्रत्येक तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुले बचतकर्ताको खातामा पाकेको ब्याज राखिदिन्छन् ।
 
भारतमा भने हिजोबाट यो व्यवस्था लागू भएको छ । बचतकर्ताको हितलाई ध्यानमा राख्दै आरबिआइले यस्तो व्यवस्था गरेको जनाएको छ ।

Tata
GBIME
Nepal Life