सुन किन्न खोज्दै हुनुहुन्छ? पर्खिनुस् दुई महिना- भाउ राम्रैसँग घट्दैछ, चार कारण यस्ता छन्

बिजमाण्डू
२०७२ चैत्र ३ गते ००:०० | Mar 16, 2016
सुन किन्न खोज्दै हुनुहुन्छ? पर्खिनुस् दुई महिना- भाउ राम्रैसँग घट्दैछ,  चार कारण यस्ता छन्
काठमाडौं । निकै उक्लिएको सुनको भाउ क्रमश घट्न थालेको छ । वुधबार सुन तोलाको ५५ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । तपाई अहिले सुन किन्न खोज्दै हुनुहुन्छ भने दुई महिना कुर्दा राम्रो,  किन भने अन्तर्राष्ट्रिय सुचकहरुले सुनको भाउ राम्रैसँग घट्ने देखाएको छ ।
 
ग्लोबल इक्विटी बजारमा सुधार आउनुका साथै लगानीको माग घटेका कारण सुनको भाउ घट्न सुरु भइसकेको छ । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को वैठक गए रातीबाट सुरु भएको छ, जुन आज रातीसम्म चल्ने छ ।
 
फेड वैठकले ब्याज दर बढाइदियो भने सुनको भाउ राम्रैसँग घट्छ । यस वाहेक अन्य थुप्रै कारण छन् जसले सुनको भाउ आगामी दिनमा घटाउँदैछ ।
 
अहिले वैश्विक अर्थव्यवस्थामा सुधार देखिएको छ । गएको शुक्रबार अमेरिकी बजार २०१६ को उच्चतम बिन्दुमा पुगेर बन्द भएको छ । जनवरीयता अमेरिकी अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिइरहेका छन् । अमेरिकामा निर्माण खर्च आठ बर्ययता कै उच्च भएको छ । फरवरी महिनामा दुई लाख ४२ हजार वटा नयाँ जागिर खुल्यो जुन पछिल्लो सात बर्षयताकै धेरै हो ।
 
अमेरिकी अर्थतन्त्रमा सुधार आएकाले फेड वैठकले ब्याज दर घटाउने सम्भावना लगभग छैन । यस बर्ष सुन १६ प्रतिशतले महँगिसकेकाले घट्ने सम्भावना रहन्छ । फेडले ब्याज बढायो भने सुन घट्न थाल्छ नै स्थिर राखेमा पनि अन्य परिसुचकको दवावमा सुनको मूल्य घट्ने लगभग निश्चित छ ।
 
पछिल्लो समयमा आएर डलर फेरि कमजोर हुन थालेको छ । यसको असर पनि सुनको भाउमा पर्छ । कतिपय बस्तु तथा सेवाको खरिदविक्री सुनबाट भुक्तानी गरेर पनि हुन्छ । केही साताअघि एक अमेरिकी डलरको भाउ ११० रुपैयाँ नाघिसकेको थियो, अहिले घटेर १०८ रुपैयाँको हाराहारीमा छ ।

Tata
GBIME
Nepal Life