बिमा र होटलले धान्यो नेप्से, नेशनल हाइड्रोको दुई लाख कित्ता किनबेच, किन चम्कियो प्रिमियर ?

बिजमाण्डू
२०७२ चैत्र ३ गते ००:०० | Mar 16, 2016
काठमाडौं । आठ कम्पनीको सेयर कारोबार दुई करोड रुपैयाँभन्दा माथि भएको छ । सबैभन्दा वढी कारोबार प्रिमियर इन्स्योरेन्सको पाँच करोड ९३ लाख रुपैयाँको भएको छ ।

Tata
GBIME
Nepal Life

दिनभरीमा बजारमा १२३ कम्पनीको ७० करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा प्रिमियर इन्स्योरेन्सको मात्र झन्डै ६ करोडको किनबेच भएको हो ।

कम्पनीको ३६ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा प्रुडेन्सियल इन्स्योरेन्सको चार करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीको ४६ हजार पाँच सय कित्ता सेयर किनबेच भएको हो ।

सबैभन्दा वढी कित्ता भने नेशनल हाइड्रो पावर कम्पनीको भएको छ । कम्पनीको अन्तिम मूल्य १९० रुपैयाँ छुँदै कुल एक लाख ९१ हजार ६१० कित्ता सेयर किनबेच भएको हो । कम्पनीको कुल तीन करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

नेपाल बैंकको तीन करोड १० लाख, नेपाल लाइफ तीन करोड २ लाख, हिमालयन जेनरल इन्स्योरेन्स तीन करोड, फस्र्ट माइक्रोफाइनान्स दुई करोड ५४ लाख र लुम्बिनी जेनरल इन्स्योरेन्सको दुई करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बुधबार बिमा, होटल र बैंकले बजारको बृद्धिलाई धानेका छन् । गुमाउनेमा विकास बैंक र जलविद्युत् कम्पनीका सेयरहरु छन् । दुबै सुचक रातो भएको छ ।

केही समय बजारमा रातो पोतिएपछि पछि हरियो भएको थियो । बजार २.९२ अंकको बृद्धिसहित बन्द भएको छ । कुल १० लाख २३ हजार ३४१ कित्ता सेयर किनबेच भएको छ ।