जियोनिको इलाइफ एस सिक्स स्मार्टफोन नेपाली बजारमा, मूल्य ३० हजार रुपैयाँ, ३१५० एमएएच ब्याट्री

बिजमाण्डू
२०७२ चैत्र ३ गते ००:०० | Mar 16, 2016
जियोनिको इलाइफ एस सिक्स स्मार्टफोन नेपाली बजारमा, मूल्य ३० हजार रुपैयाँ, ३१५० एमएएच ब्याट्री
काठमाडौ। जियोनिले इलाइफ एस सिरिजको नयाँ मोडेल  एस ६ नेपालमा ल्याएको छ । जियोनिको एस सिरिजका मोडेलहरु डिजाइनमा राम्रो भएकाले यी फोन प्रतिस्पर्धी ब्रान्डका मोडेल भन्दा आकर्षक देखिने जनाएको छ।

Tata
GBIME
Nepal Life

एस ६ मा ६.९ मिलिमिटर पातलो चम्किलो मेटल फ्रेम भएको पूर्ण मेटालिक डिजाइन रहेको छ । एसमा कोर्निंग गोरिल्ला ग्लास भएको ५.५ इन्चको ७२० पीको सुपर एमोलेड स्क्रिन रहेको छ ।

एस सिक्समा १.३ गिगाहर्जको ६४ बिट अक्टा कोर प्रोसेसर रहेको छ भने ३ जीबी र्याम र ३२ जिबी इन्टरनल मेमोरी रहेको छ ।
१३ मेगापिक्सेल रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ। एन्ड्रोइड ५.१ मा आधारित अमिगो ३.१ ओ एस छ । ३१५० एमएएच रहेको यो मोवाइलमा एस प्लस र एस सिक्समा युएसबी टाईप सी छ, जुन युएसबी को नयाँ प्रविधि हो जसबाट चार्जिङ्ग पनि छिटो हुने गर्दछ र डाटा पनि छिटो ट्रान्सफर हुने कम्पनीले जनाएको छ।
डुअल सिम सपोर्ट गर्ने यो फोन एस सिक्स कालो, सिल्भर र रोज गोल्ड कलरमा उपलव्ध रहेको छ। यसको बजार मूल्य ३० हजार रुपैयाँ तोकिएको छ ।