कुन देशका जनता कति खुसी? सबैभन्दा खुसी डेनमार्कका, १५६ देशको सुचीमा नेपालको नम्बर कति?

बिजमाण्डू
२०७२ चैत्र ४ गते ००:०० | Mar 17, 2016
कुन देशका जनता कति खुसी?  सबैभन्दा खुसी डेनमार्कका, १५६ देशको सुचीमा नेपालको नम्बर कति?

Tata
GBIME
Nepal Life

काठमाडौं । युएन वर्लड ह्यापीनेस रिपोर्टले डेनमार्कका जनता सबैभन्दा वढी खुसी रहेको देखाएको छ । हिजो साँझ सार्वजनिक भएको रिपोर्ट अनुसार, ह्यापिनेसको मामलामा डेनमार्कका साथै टप टेन देशमा स्वी६जरल्यान्ड, आइसल्यान्ड, नर्वे, फिनल्यान्ड, क्यानडा, नेदरल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया र स्वीडेन परेका छन् ।
 
सुचीको अन्तिममा बुरुन्डी छ । बुरुन्डीपछी सिरिया, टोगो, अफगानिस्तान, वेनिस, रुवान्डा, गिनी, लाइवेरिया, तान्जानिया र मेडागास्कर छन् ।
 
सुचीमा अमेरिका १३औं नम्बरमा छ भने वेलायत २३औं स्थानमा छ । फ्रान्स ३२ र इटली ५०औं नम्बरमा छ । अब तपाईलाई लाग्दो हो नेपाल कतिऔं नम्बरमा छ । नेपालका नागरिकहरु खुसी हुने सुचीको १०७औं नम्बरमा छन् । बुधबार साँझ जारी भएको सुचीमा १५६ वटा देशहरु समेटिएका छन् ।