१५ हजार रुपैयाँ खप्तड घुम्ने टुर प्याकेज, नयाँ बर्षलाई लक्षित गर्दै एक हप्ता खप्तड आसपास घुमाइ

बिजमाण्डू
२०७२ चैत्र ४ गते ००:०० | Mar 17, 2016

Tata
GBIME
Nepal Life

कञ्चनपुर । १५ हजार रुपैयाँ खर्च गरेर कञ्चनपुरदेखि खप्तडसम्म घुम्नका लागि साप्ताहिक ‘टुर प्याकेज’ सञ्चालनमा ल्याइएको छ । कञ्चनपुरसम्म भने आफ्नै खर्चमा जानु पर्छ ।

मोहित ट्राभल्स एन्ड टुर प्राइभेट लिमिटेड, शुक्लाफाँटा जङ्गल कटेज र होटल न्यू आनन्द महेन्द्रनगरले यही वैशाख ४ गतेसम्मका लागि संयुक्तरुपमा प्याकेज सञ्चालनमा ल्याएका हुन् । खप्तड प्याकेजमा पहिलो दिन महेन्द्रनगरबाट दीपायल सिलगडी, दोस्रो दिन दीपायलबाट झिग्राना, तेस्रो दिन झिग्राना, विचपानी हुँदै खप्तड पुग्ने कार्यक्रम बनाइएको शुक्लाफाँटा कटेजका सञ्चालक परमानन्द भण्डारीले बताए ।

खप्तड पुगेपछि दुई दिन बसेर छैटौँ दिन दीपायल, अछाम वा बझाङ हुँदै महेन्द्रनगर फर्कने कार्यक्रम राखिएको छ । “प्याकेजअन्तर्गत बीसजना पर्यटकलाई घुमाउने योजना बनाएका छौँ”, व्यवसायी भण्डारीले भने ।

आगामी दिनमा सुदूरपश्चिमका अन्य पर्यटकीय क्षेत्रका लागिसमेत प्याकेज बनाइने उनले बताए  । उनले यसअघि शुक्लाफाँटा वन्यजन्तु आरक्ष घुम्नका लागि टुर प्याकेज सञ्चालन गर्दै आएका छन् । पर्यटक प्रर्वद्धन गर्ने उद्देश्यले प्याकेज बनाई पर्यटकलाई घुमाउने योजना बनाउँदै आएको उनको भनाइ छ । रासस