दरबारमार्गमा बन्द भएको नाङ्लो रेस्टुरेन्ट कमलादीमा खुल्यो, गोपालसुन्दरलाल कक्षपतिले चलाए

बिजमाण्डू
२०७२ चैत्र ४ गते ००:०० | Mar 17, 2016
दरबारमार्गमा बन्द भएको नाङ्लो रेस्टुरेन्ट कमलादीमा खुल्यो, गोपालसुन्दरलाल कक्षपतिले चलाए

काठमाडौं। बन्द भएको १५ महिनापछि नाङ्लो रेस्टुरेन्ट सञ्चालनमा आएको छ। व्यवसायी गोपालसुन्दरलाल कक्षपतिले कमलादीमा 'नाङ्लो क्याफे एण्ड पब'को नाममा रेस्टुरेन्ट सञ्चालन गर्न लागेका हुन्। शुक्रबारबाट नाङ्लो रेस्टुरेन्ट औपचारिक रुपमा खुल्नेछ।

Tata
GBIME
Nepal Life

तस्बिर: कक्षपतिको फेसबुकबाट। उनले फेसबुकमार्फत नै नाङ्लो सञ्चालनमा ल्याउन लागेको बताएका थिए।

दरबारमार्गमा सञ्चालन भइरहेको नाङ्लो रेस्टुरेन्ट अघिल्लो वर्षको मंसिर मसान्तमा बन्द भएको थियो। सञ्चालकहरु गोपालसुन्दरलाल कक्षपति र श्यामशुन्दरलाल कक्षपतिबीचको विवादले नाङ्लो बन्द भएको थियो।

नाङ्लो रेस्टुरेन्ट ३८ वर्षअघि खुलेको थियो। नाङ्लोसँगै त्यसभित्र रहेका नाङ्लो पब, नाङ्लो बेकरी तथा नाङ्लो चाइनिज रेष्टुरेन्ट बन्द भएका थिए।

त्यतिबेला बन्द हुँदा नै गोपालले आफूहरु फेरि फर्केर आउने बताएका थिए। उनले त्यतिबेला आफूहरु नाङ्लोका लागि नयाँ स्थानको खोजि गरिरहेको पनि बताएका थिए।