हुन्डीः यसरी मौलाइरहेको छ अवैध धन्दा, नीरव पुडासैनीको लेख

बिजमाण्डू
२०७२ चैत्र ४ गते ००:०० | Mar 17, 2016
हुन्डीः यसरी मौलाइरहेको छ अवैध धन्दा, नीरव पुडासैनीको लेख
भौतिक स्थानान्तरणबीनै एक ठाउँको पैसा आर्को ठाँउको ब्यक्ति वा संस्थालाई प्रदान गरिने प्रकृया नै हुन्डी हो । १६औंं शताब्दीको सुरुवातबाट प्रचलित यो विधि ‘हवाला’ शब्दको अपभ्रम्स हुँदै हुन्डी भएको हो ।

Tata
GBIME
Nepal Life

तत्कालिन समयदेखि आजसम्म पनि यसको प्रयोग निरन्तर हुँदै आइरहेको छ । यद्यपी हुन्डीलाई कानुनी मान्यता भने कुनै पनि राष्ट्रले दिएको छैन । तत्कालीन समयमा व्यापारिक प्रयोजनको लागि प्रयोग भएको हुन्डी कारोवार आज विभिन्न  गैरकानुनी तथा आपराधिक कार्यहरुमा प्रयोग भइरहेको छ ।

भारतमा त यसमा ठूला राजनेताहरुसमेत मुछिएका थिए । सन् १९९१ मा ‘हवाला’ काण्डमा तत्कालीन सयमका नेताहरु लालकृष्ण आडवाणीदेखी शरद यादवसम्म सबै मुछिएका थिए । तथापीपछी अदालतले उनीहरुलाई सफाई दिएको थियो । त्यही समयमा घूस दिन यो प्रयोग भएको थियो ।

भारतीय रिजर्व बैंकले यसलाई अनौपचारिक रकम स्थानान्तरण गर्ने विधिको रुपमा लिएको पाइन्छ ।

साधारणतया पैसाको स्थानान्तरण विनानै रकम एक ठाउँबाट अर्को ठाउँमा सरल अनि छिटो भुक्तानी गरिने हुँदा आममानिसहरुले पनि यसको प्रयोग गरिरहेका हुन्छन् । बैंक तथा अन्य मान्यताप्राप्त संस्थाहरु भन्दा हुन्डीको प्रयोग धेरै सस्तो पर्ने हुन्छ, किनभने यसको कमिसन बैंकको भन्दा धेरै कम तथा मुद्रा सटही दर धेरै बढी हुने हुदाँ आमग्राहकहरु यसमा आर्कषित हुन्छन् ।

हुन्डीको प्रयोग धेरै सरल पनि छ । यसमा कुनै कागजी झन्झट हुँदैन । आमरुपमा भन्दा अनधिकृत रुपमा थुपारेको धनदेखि मिहेनेत खर्चेर कमाएको रकम चाहेको स्थानमा पु¥याउन हुन्डीको प्रयोग गरिन्छ । हुन्डीको फाइदा मात्र छैन वेफाइदा पनि उत्तिकै छ ।

नितान्त ब्यक्तिगत जमानीमा काम गरिन्छ यसमा । यसको कुनै न्यायिकआधार हुदैन । यसमार्फत अवैधानिक रुपमा धनस्थानान्तरण गरिने हुँदा राज्यलाई भने ठूलो नोक्शानी भइरहेको हुन्छ । यस्तो धनबाट आपराधिक गतिविधि बढ्न सहयोग गर्छ । त

बैदेशिक रोजगारीबाट आउने रकमको बलमा उभिएको अर्थतन्त्रलाई हुन्डीले प्रश्रय पाएमा ढालिदिनसक्छ । देश भित्र रहेका अवैध धनहरुको व्यवस्थापनलाई हुन्डीले वल दिइरहेको हुन्छ । हुन्डी प्रकृया मार्फत विदेशमा रहेका नेपालीहरुले पठाएका विभिन्न वैदेशिक मुद्राहरु वास्तविक रुपमा नेपाल सरकारको हत्केलामा हुँदैन । नेपालभित्रै रहेका हुन्डी सञ्चालकको एजेन्टहरुले थुपारेको कालोधनको व्यवस्थापन मात्र हुन्छ ।

हुन्डीमार्फत एजेन्टहरुले थुपारेका विदेशी मुद्राहरुको प्रयोगबाट  नेपाली आयातकर्ताहरुले न्युनविजिकरण गरी राजस्व छल्ने काम गरिरहेका हुन्छन् ।

नेपाल सरकारले आधिकारिक रुपमा विदेशस्थित नेपाली दुतावासमार्फत हुन्डीको प्रयोग नर्गन आमअपिल अविलम्ब जारी गर्नु पर्छ । हुन्डी प्रकृयालाई पूर्णरुपमा गैरकानुनी ठहर्‍याई यसको व्यापकप्रचार गरिनु आवश्यक छ । विदेशीने प्रत्यक युवाहरुलाई यसको जानकारी दिन अत्यावस्यक छ । यसो गर्न सकिएको खण्डमा अतिरिक्त बार्षिक  १०० अर्बदेखि ५०० अर्बसम्म विदेशी मुद्रा देशमा भित्राउन सकिन्छ ।

बैदेशिक रोजगारीमा जाने नेपालीहरु माझ हुन्डी धेरै लोकप्रिय छ । खासगरी वेलायत, हङकङ, जापान, मलेसिया र अन्य युरोपियन देशहरुमा बस्ने नेपालीहरु नेपालमा पैसा पठाउन यसैको साहारा लिने गर्छन । यकिनका साथ भन्न नसकिए पनि जम्माजम्मी ४० प्रतिशतको हाराहारीमा नेपालीहरु हुन्डीको प्रयोग गर्छन ।

यसरी नेपालीहरुले पठाएको विदेशी मुद्रा त्यहीँका हुन्डीवालाहरुले नेपाली व्यापारीलाई महङ्गोमा विक्री गर्छन् । जसको फाइदा व्यापारीहरुले सामान आयात गर्दा न्युनबिजिकरण गरेर उठाँउछन् ।

हुन्डीको कारण पनि आजकल नेपालीहरु नेपालको सम्पती बेचेर विदेशमा घर किन्ने तथा अन्य व्यवसायमा लगानी गर्ने काम मौलाइरहेको छ ।

नेपाल राष्ट्र बैंकको नियमअनुसार बैंक र अन्य स्वीकृत प्राप्त संस्थाले मात्र विदेशी मुद्राको कारोवार गर्न पाँउछ, तर कमजोर संयन्त्रका कारण दैनिकजसो लाखौंको विदेशीमुद्रा हुन्डी र हवालको मार्फत हावामा गाएय हुने गरेको छ । पछिल्लो समय यस्तो पैसा आतङ्कवादमा पनि प्रयोग हुन थालेको छ । हुन्डी प्रकरण मार्फत आतङ्कवादसँग यदि नेपालको सम्बन्ध जोडियो भने त्यो हामी सबैको लागि दुर्भाग्यपूर्ण हुनेछ ।

सेप्टेम्बर ११ को घटनापछि विश्वभर आर्थिक आतङ्कबादसँग जोडेर यस्ता हुन्डी लगायतका अन्य ट्रान्सफर एजेन्टहरुलाई निगरानीमा राखिएको छ । तसर्थ नेपालले यस किसिमको कारोवारलाई निरुत्साहीत गर्न, विदेशमा रहेका सम्र्पूण नेपालीहरुलाई हुन्डी मार्फत पैसा नपठाउन आमअपिल जारी गर्नु अत्यन्त आवश्यक छ ।