चार्टर्ड र एचएसबिसीले कारोबार खुम्च्याइरहेका बेला पाकिस्तानी र इरानीले प्रस्ताव गरे भारत आउन

बिजमाण्डू
२०७२ चैत्र ४ गते ००:०० | Mar 17, 2016
  • नुपुर आनन्द/अभिजित लेले/बिजिनेस-स्टान्डर्ड
मुम्बइ । भारत-पाकिस्तानबीच राजनीतिक 'लफडा' चलिरहेका बेला वित्तीय सहकार्यका लागि भने बाटो पहिल्याउन सुरु भएको छ । पाकिस्तानका केही बैंकहरुले भारतमा शाखा विस्तार गर्ने प्रस्ताव त्यहाँको केन्द्रीय बैंकसँग गरेका छन् ।
 
भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले राज्यसभालाई दिएको जानकारी अनुसार पाकिस्तानी बैंकहरु भारत आउन चाहेका छन् । पश्चिम एसियाका केही बैंकहरु पनि भारतमा आउन चाहेका छन् ।
 
पाकिस्तानका दुई बैंक एमसिबी बैंक र युनाइटेड बैंकले भारतमा शाखा खोल्ने प्रस्ताव आरबिआइसँग गरेका छन् । पाकिस्तानीसँगै इरानको बैंक पसरगाद, समन बैंक र पर्शियन बैंक पनि भारतमा शाखा खोल्न प्रस्ताव गरेका छन् ।
 
पाकिस्तान तथा इरानसँग भारतको द्वी पक्षीय ब्यापार फैलिरहेका बेला त्याहाँका बैंक भारत आउन खोजेको आरबिआइका अधिकारीहरुले जानकारी गराएका छन् ।
 
आरबिआइले क्यानडा, नेदरल्यान्ड र दक्षिण कोरियाका बैंकहरु पनि भारत  आउन चाहेको जानकारी गराएको छ । इस्लामिक डेभलपमेन्ट बैंकले पनि स्वीकृति माग गरेको छ ।
 
यि बैंकहरु अहिले भारत आउनुको कारण पश्चिमा बैंकहरुले भारतसँगको कारोबार घटाउनु पनि हो । भारतमा स्थानीय बैंकहरुकै पकड बलियो हुँदै गएर आफ्नो ब्यापार खस्किन थालेपछि पश्चिमा बैंकहरुले कारोबार घटाउन थालेका हुन् ।
 
स्ट्यान्डर्ड चार्टर्ड बैंकले नै पनि भारतमा खुद्रा र कर्पोरेट कारोवार घटाउने निर्णय गरिसकेको छ । एचएसबिसीले निजी बैंकिङ सेवा बन्द नै गरिसकेको छ ।
 
पश्चिमा बैंकहरु भारतबाट अलग हुन खोजिरहेका बेला नयाँ बैंकहरुले प्रवेश गर्न चाहेका हुन् । भारतमा खुद्रा बैंकिङको निकै सम्भावना भएकाले एसिया क्षेत्रमा रहेका बैंकहरु भारत आउन चाहेका हुन् । भारतमा ती बैंक आउन खोज्नुको कारण पुँजीगत लाभकरमा पाइने छुट र स्थानीय बैंकहरु खरीद गर्न पाउने बाटो खुल्नु पनि एक हो ।

Tata
GBIME
Nepal Life