कारोबार अर्बको हुँदा सुचक दोहोरो अंकले बढ्यो, ग्लोबल आइएमइ र एनबी मर्जर हल्लाले कारोबार बढ्यो

बिजमाण्डू
२०७२ चैत्र ४ गते ००:०० | Mar 17, 2016
काठमाडौं । ग्लोबल आइएमइ बैंकको साढे नौं करोड रुपैयाँको सेयर किनबेच भएको छ । बैंकको सात करोड ५१ लाखको संस्थापक र एक करोड ९४ लाख रुपैयाँको साधारण सेयर कनबेच भएको हो ।
 
संस्थापनक सेयरको अन्तिम मूल्य २५० रुपैयाँ कायम भएको छ । बैंकको तीन लाख कित्ता संस्थापक सेयर कारोवार भएको हो । ४१ हजार कित्ता साधारण सेयर कारोवार भएको छ ।
 
बैंकको संस्थापक सेयर आइएमइ ग्रुपभित्रै कारोबार भएको हो । सेयर बजारमा भने ग्लोबल आइएमइ र नेपाल बंगलादेश बैंकको मर्ज हुने हल्ला चलेको थियो । 'मर्जरको हल्लाले पनि दुबै संस्थाको किनबेच बढेको हो' सेयर ब्रोकर नरेन्द्र सिजापतिले भने ।
 
बजारमा नेपाल बंगलादेश बैंकको पाँच करोड आठ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एनबी बैंकको ९३ हजार ५६२ कित्ता सेयर किनबेच भएको छ ।
 
सबैभन्दा वढी कारोबार हुने संस्था भने ग्लोबल आइएमइ होइन । नेशनल हाइड्रो पावर कम्पनीको चार लाख २४ हजार कित्ता सेयर आठ करोड ४५ लाख रुपैयाँमा किनबेच भएको छ । कम्पनी सेयर मूल्य पनि साढे सात प्रतिशतले वढेको छ ।
 
नेपाल बैंकको सेयर कारोबार पनि बिहीबार बढेको छ । बैंकको सात करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
 
बजारमा आज कुल ९२ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कुल १२३ कम्पनीका १९ लाख ७० हजार ९५३ कित्ता सेयर किनबेच भएका हुन् ।
 
बजारमा कारोबार सुधारसँगै सुचक पिन दोहोरो अंकले उक्लिएको छ । बजार १०.७५ अंकले बढेको छ ।
 
बजारमा नेपाल लाइफको चार करोड २० लाख, सिद्धार्थ इन्स्योरेन्सको तीन करोड २४ लाख, नेशनल लाइफको तीन करोड १९ लाख र नेपाल टेलिकमको दुई करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
 
केही दिनयता सुस्ती आएको बजारमा कारोबार रकम र सुचक दुबैमा तेजी आएको हो । होटलवाहेकका सबै सुचक हरियो भएका छन् । बिमा १८१ अंकले बढेको छ भने जलविद्युत २२ अंकले उक्लिएको छ । अन्य, फाइनान्स, विकास बैंक र बैंकिङ सुचकमा पनि बृद्धि आएको छ ।
 
सिनर्जी फाइनान्सका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् भने सेती फाइनान्सका लगानीकर्ताले त्यती नै गुमाएका छन् ।
 

Tata
GBIME
Nepal Life