सुरु भयो पाँचौं अन्तराष्ट्रिय व्यापार मेला, पाकिस्तानी लेदर र बंगलादेशी साडिमा आकर्षण

बिजमाण्डू
२०७२ चैत्र ४ गते ००:०० | Mar 17, 2016
सुरु भयो पाँचौं अन्तराष्ट्रिय व्यापार मेला, पाकिस्तानी लेदर र बंगलादेशी साडिमा आकर्षण

Tata
GBIME
Nepal Life

काठमाडौं। 'नेपाली बस्तु प्रबद्र्धन समृद्ध नेपाल निर्माण' भन्ने नाराका साथ पाँचौँ अन्तराष्ट्रिय व्यापार मेला काठमाडौंमा सुरु भएको छ। नेपालसहित चीन, भारत, पाकिस्तान र बंगलादेशका व्यापारीहरुले मेलामा स्टल राखेका छन्।
 
केके रहेका छन् आकर्षण
अन्तराष्ट्रिय व्यापार मेलामा चीन र भारतका स्टलहरु वढि आकर्षित देखिएका छन्। भारतवाट खासगरी मार्बल, इलेक्ट्रक सामान, फ्लोर मेट, कार्पेट, सुचना प्रविधि, सोलार पावर, विभिन्न किसिमका कपडाहरु, किचनका सामान,आयुर्वेदिक सामाग्रीहरु मुख्य आकर्षक रुपमा रहेका छन्।
 

बोल्नेको पिठो विक्यो
एकजना भारतीय व्यापारीले राखेको किचेनको स्टलमा ग्राहकहरुको धेरै धुइचो भएको थियो। दैनिक रुपमा प्रयोग हुने ती सामाग्रीहरु सस्तो मुल्य र धेरै थरिका परिकार बनाउनका लागि उपयोगी रहेको भन्दै उनले धेरैजसो ग्राहकको मन जित्न सफल भएका थिए। उक्त आलु, प्याज, टमाटर लगायत विभिन्न तरकारी र फलफुल लाई आफ्नो आवश्यकता अनुसार विभिन्न आकारमा बनाउन मिल्ने गरि प्रचार प्रसार गरिहेका थिए।
 
त्यस्तै चीनवाट क्लिनिङ आइटम, किचेनका सामान, खाद्य सामाग्रिका लागि उपयोगी हुने मेसिन, ग्यास सिलिण्डर, ग्याँस चुलो, चीनियाँ ज्वेलरिका आइटम आदि रहेका छन्।
 

नेपाली उपभोक्ताका लागि धेरै उपयोगी हुने विभिन्न साइजमा ग्याँसका सिलिण्डरहरु पनि प्रर्दशनमा राखिएको थियो।
 
व्यापार गर्नका लागि चीनियाँहरुलाई भने भाषाको समस्या परेको देखिन्थ्यो भने उनीहरुमध्ये केहिले भने दोभासेको प्रयोग गरि आफ्ना सामाग्रीहरुलाई विक्रि गरिरहेका थिए।
 

त्यस्तै मेलामा पाकिस्तानका लेदरका सामाग्रीहरु र पस्मिना धेरै मात्रामा ग्राहको रोजाइमा परेका थिए भने बंगलादेशी तयारी पोशाक र साडिहरु आकर्षणको केन्द्र बनेका थिए।
 

पाकिस्तानीको गुनासो
 भारत र चीनपछि मेलामा पाकिस्तानी स्टलहरु पनि रहेका थिए। उनीहरुले पाकिस्तानका लागि स्टलको तयारी त्यतिराम्रो नभएको गुनासो गरेका थिए। पर्याप्त ठाँउको अभावमा हामीले चाहेजति सामाग्रीको प्रर्दशन गर्न सकिरहेका छैनौं एक पाकिस्तानी कपडा व्यापारीले गुनासो गरे। उनीहरुले आफूहरु मुख्य हलमा व्यापारमा असर पर्ने गुनासो गरेका थिए।
 

सुरक्षाका लागि  नेपाल प्रहरी र चौविसै घण्टा सिसि टिभि रहेको छ। सो अन्टराष्ट्रिय मेलाको राष्ट्रिपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन।
 

व्यापार मेलामा स्वदेशी एवं विदेशी गरि ३५० वटा स्टलहरु रहेका छन् । मेलामा आयोजक राष्ट्र नेपाल सहित भारत, चीन, पाकिस्तान, वंगलादेशको प्रत्यक्ष सहभागिता रहेको छ । मेलामा भारतबाट ७० वटा, चीनको ९० वटा, पाकिस्तानको २० वटा, वंगलादेशको ५ वटा स्टलहरु र वांकी नेपाली स्टलहरु रहेका छन्।
 

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका छुटछुट्टै स्टलहरु रहेका छन् ।

त्यसैगरि मेलामा तयारी पोशाक, छाला तथा छालाजन्य उत्पादनहरु, नयां प्रविधि तथा उपकरणहरु, खाद्यान्न, फर्निचर, फेसन वेयर, होम डेकोर, सेवा क्षेत्रका विविध स्टलहरु मेलाका आकर्षण रहेका छन्।