नागरिक लगानी कोषलाई पुँजी बजारको निर्माताका रुपमा बजारमा प्रवेश गराउने योजना कार्यान्वनमा

बिजमाण्डू
२०७२ चैत्र ४ गते ००:०० | Mar 17, 2016
नागरिक लगानी कोषलाई पुँजी बजारको निर्माताका रुपमा बजारमा प्रवेश गराउने योजना कार्यान्वनमा

काठमाडौं। धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई पुँजी बजारको निर्माताको रुपमा बजारमा प्रवेश गराउने सरकारी योजना कार्यान्वयन सुरु गरेको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत कोषलाई धितोपत्र बजार निर्माताको रुपमा बजारमा प्रवेश गराउने घोषणा गरेको थियो।

Tata
GBIME
Nepal Life

बोर्डले त्यसका लागि नेपाल स्टक एक्सचेन्जको कारोबार प्रणालीको अध्ययन गर्न कार्यदल गठन गरेको छ। बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा गठित कार्यदललले एक महिनाभित्रमा सुझाव दिनुपर्नेछ।

गिरी संयोजक रहेको समितिका सदस्यमा अर्थमन्त्रालयका सूचना प्रविधि निर्देशक स्तरको प्रतिनिधि, सूचना प्रविधि विभागका निर्देशक स्तरको प्रतिनिधि, नेपाल स्टक एक्सचेन्जको सूचना प्रविधि प्रमुख, नागरिक लगानी कोषको सूचना प्रविधि प्रमुख र बोर्डकै सूचना प्रविधि प्रमुख छन्।

यो समितिले नेप्सेको अहिलेको कारोबार प्रणालीको सफ्टवेयरमा देखिएका समस्या पहिचान गरी समाधानका लागि धितोपत्र बोर्डलाई सुझाव दिनेछ।