जगदम्बा मोटर्सले इटहरीमा नयाँ साेरुम खोल्यो,सेल्स सर्भिस र स्पेयर पार्टस् एकै ठाउँमा उपलब्ध

बिजमाण्डू
२०७२ चैत्र ४ गते ००:०० | Mar 17, 2016
जगदम्बा मोटर्सले इटहरीमा नयाँ साेरुम खोल्यो,सेल्स सर्भिस र स्पेयर पार्टस् एकै ठाउँमा उपलब्ध
काठमाडौ। टिभिएस मोटर्सको नेपालका लगि आधिकारीक वितरक जगदम्वा मोटर्सले पूर्वको इटहरीमा बुधवार नयाँ सोरुम खोलेको छ। कम्पनीले इटहरीमा पारस अटोमोवाइल्स नामको नयाँ सोरुम खोलेको हो।

Tata
GBIME
Nepal Life

उक्त सोरुममा नेपालमा उपलब्ध टिभिएसका सम्पूर्ण मोडेलका मोटरसाइकल र स्कुटर पाउने जनाइएको छ। नेपालमा टिभिएसका अपाचे आरटिआर सिरिजका १६० र १८० सिसिका दुइवटा मोटरसाइकल उपलब्ध रहेका छन् भने वेगो, जिस्ट, स्पोर्टस् १००, फियोनिक्स १२५ र स्टार सिटि प्लस ११० मोडेलका स्कुटरहरु पाइन्छन्। सोरुममा नयाँ अपाचे आरटिआर मेट ब्लु पनि राखिएको छ।

आधुनिक र नवीनतम रुपमा तयार पारिएको सोरुममा ग्राहकका लागि सबै किसिमका सेवा, स्पेयर पार्टस् र सवै किसिमका सूचना उपलब्ध गराउने कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्सले नेपालभरमा आफ्ना ६५ वटा सर्टिफाइड सर्भिस सेन्टर र ६१ वटा  सोरुमहरु रहेका छन्। त्यहाँवाट सेल्स, सर्भिस र स्पेयर्स सेवा उपलब्ध हुन कम्पनीले जनाएको छ।

टिभिएस मोटर कम्पनी दुइपाङ्ग्रे सवारीसाधन उत्पादनमा भारतमा तेस्रो ठूलो कम्पनी हो। यसले भारतमा प्रतिबर्ष तीसलाख दुइपाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने गर्दछ।