एनसेलकाे भ्वाइस प्याकका लागि भौचर कार्ड,दैनिक र साप्ताहिक प्याक प्रिपेड माेबाइलका लागि हुने

बिजमाण्डू
२०७२ चैत्र ५ गते ००:०० | Mar 18, 2016

काठमाडौं। एनसेलले प्रिपेड ग्राहकहरुका लागि रिचार्ज जस्तै भ्वाइस प्याक खरिद गर्ने सुविधा दिएको छ। प्रिपेड ग्राहकका लागि बजारमा पहिलो पटक भ्वाइस प्याक ल्याएको एनसेलले भ्वाइस प्याक भौचर कार्ड बजारमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

ग्राकहले दैनिक तथा साप्ताहिक रुपमा भ्वाइस प्याक भौचर खरिद गरी मोबाईलमा चाहेको भ्वाइस प्याक लिन सक्नेछन्।

भौचर कार्ड दैनिक प्याक र साप्ताहिक प्याक गरि दुईवटा विकल्पमा उपलब्ध छ ।  दैनिक प्याकको कर सहित ११ रुपैयाँ पर्छ र यसमा ११ मिनेट दैनिक टक टाइम रहेनेछ। त्यस्तै साप्ताहिक प्याकको कर सहित ६० रुपैयाँ पर्छ र यसमा ७० मिनेटको ७ दिन समायावधि भएको टक टाइम रहेको छ । यी भौचर प्याकवाट एनसेलको कुनै पनि नम्बरमा फोन गर्न प्रयोग गर्न सकिन्छ ।

एनसेलले भौचर कार्ड आफ्नो नजिकको एनसेल सेन्टर, एनसेल सप वा एनसेलका आधिकारिक बिक्रेताबाट खरिद गर्न सकिन्छ जनाएको छ।

'आफ्ना ग्राहकका लागि प्रभावकारी सल्युसन्स् प्रदान गर्न एनसेल सधैं प्रयासरत छ । यसै क्रममा आएको भौचर कार्डले ग्राहकलाई भ्वाइस प्याक लिन सहज बनाई प्याक अन्तर्गतको विशेष मूल्यको लाभ लिन सहयोग गर्नेछ' एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए ।

भ्वाइस प्याकले ग्राहकलाई विशेष दरमा टक टाईम प्रदान गरेको छ, जसले गर्दा ग्राहकले अझ सुलभ दरमा आपसमा सम्पर्क गर्न सक्छन् । दैनिक प्याक लिने ग्राहकले एनसेलको नम्बरमा साबिकको भन्दा ६० प्रतिशत कम दरमा कल गर्न सक्छन् भने साप्ताहिक प्याक लिँदा यस्तो कलको मूल्य साबिक भन्दा ६६ प्रतिशत कम पर्छ । विद्यमान शुल्क अनुसार एनसेलको अर्को नम्बरमा कुरा गर्दा प्रति मिनेट कर सहित रु २ रुपैयाँ ५० पैसा पर्दछ ।
 
ग्राहकले चाहेको खण्डमा आफ्नो मोबाइलमा रहेको मेन ब्यालेन्सबाट पनि भ्वाइस प्याक लिन सक्छन् । यसको लागि १७११८ डायल गरी प्राप्त जानकारी अनुसार १ थिचेर दैनिक वा २ थिचेर साप्ताहिक  भ्वाइस प्याक खरिद गर्न सकन्छ । अथवा, दैनिक प्याकका लागि ११ र साप्ताहिक प्याकका लागि ६० टाइप गरी १७११८ मा एसएमएस पठाएर पनि  भ्वाइस प्याक खरिद गर्न सकिने एनसेलले जनाएको छ।