आइएलएफसिओ माइक्रोफाइनान्सको साधारणसभा सम्पन्न, यो वर्ष चार जिल्लामा सातवटा शाखा खोल्ने

बिजमाण्डू
२०७२ चैत्र ५ गते ००:०० | Mar 18, 2016
आइएलएफसिओ माइक्रोफाइनान्सको साधारणसभा सम्पन्न, यो वर्ष चार जिल्लामा सातवटा शाखा खोल्ने


काठमाडौं । इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनीको सहायक कम्पनी आइएलएफसिओ माइक्रोफाइनान्सले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष प्रतापजंग पाण्डेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो । 
 
संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । संस्थाले फागुन मसान्तसम्ममा चारहहजार दुईसय ५१ सदस्य बनाएको छ । 


 
संस्थाले हालसम्म १३ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीले एक करोड ५८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । संस्थाले केन्द्रीय कार्यालय तथा चारवटा शाखामार्फत ६ जिल्लाका ४६ गाविस तथा नगरपालिकामा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै आर्थिक वर्ष भित्रमा थप चार जिल्लामा सातवटा नयाँ शाखा खोल्ने संस्थाले जनाएको छ । 

Tata
GBIME
Nepal Life