कलर्स के३ अब १२३५० एमएएच ब्याट्री क्षमतामा ! मूल्य २१ हजार, तीनहजार बराबरको पावरबैंक सित्तैमा

बिजमाण्डू
२०७२ चैत्र ५ गते ००:०० | Mar 18, 2016
कलर्स के३ अब १२३५० एमएएच ब्याट्री क्षमतामा ! मूल्य २१ हजार, तीनहजार बराबरको पावरबैंक सित्तैमा


काठमाडौँ । चिनियाँ र भारतीय ब्रान्डका मोबाइलसित प्रतिस्पर्धा गर्दै बजारमा राम्रै पकड जमाउन सफल कलर्स मोबाइलको एक्स फ्याक्टर सिरिजमा नयाँ स्मार्टफोन 'कलर्स के ३' नेपाली बजारमा आएको छ। 'फोर जी' सपोर्ट गर्ने यो टच फोन प्रयोगकर्ताहरुलाई लक्षित गरिएको सम्पूर्ण विशेषताहरुले प्रयोगकर्तालाई सुविधाजनक रुपमा सञ्चार प्रवाह गर्ने कलर्स मोबाइलको नेपालका लागि आधिकारीक वितरक टेलिटक नेपालले जनाएको छ।
 

Tata
GBIME
Nepal Life

.३ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर रहेको कलर्स के३ स्मार्टफोन मा ५.१ को एन्ड्रोइड ललिपपको लेटेस्ट भर्सन राखिएको छ।  ३२ जिवी रोम रहेको स्मार्टफोनमा ५ इन्चको अकर्षक डिस्प्ले रहेको छ। यो मोबाइलमा ३२ जिबीको आन्तरिक मेमोरी रहेको छ।
 
कलर्स के३ स्मार्टफोनमा फ्ल्यास सहितको १३ मेगापिक्सलको रियर क्यामेरा रहेको छ भने ८ मोगापिक्सलको फ्रन्ट क्यामेरा रहेको रहेको कम्पनीले जनाएको छ।

२३५० एएमएच लिथियन आयोन ब्याट्री भएका कारण धेरैबेर सम्म व्याट्रि टिक्ने कम्पनीले जनाएको छ। नेपालमा कलर्स के३ स्मार्टफोन को बजार मुल्य २१ हजार रुपैंयां कायम गरिएको छ।

कलर्स के३ स्मार्टफोन खरिदकर्ताका लागि वावर प्याड अफर सञ्चालनमा ल्याएको छ। हरेक कलर्स पर्ल ब्लाक के ३ खरीद गर्दा खरीदकर्ताले १० हजार एमएएच क्षमतासहित तीन हजार रुपैयाँ बराबरको पावर ब्याङ्क सित्तैंमा प्राप्त गर्ने टेलिटक नेपालले जनाएको छ। यो उपहार योजना स्टक रहेसम्म सीमित अवधिका लागि संचालन गरिएको टेलिटक नेपालले जनाएको छ।