वसन्तपुर क्षेत्रमा बयानब्बे वटा सोलार बत्ति जडान, सडकमा सोलार राख्न सरकारले एक अर्ब खर्च गर्ने

बिजमाण्डू
२०७२ चैत्र ६ गते ००:०० | Mar 19, 2016

काठमाडौँ । हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्रमा ९२ वटा सौर्य (सोलार) बत्ति जडान गरेको छ।
 
सौर्य बत्तिको आज उद्घाटन गर्दै उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले राजधानीमा मात्र नभइ देशैभरिका नगरपालिका र गाविसमा सौर्य बत्तिको व्यवस्था गर्ने सरकारको योजना रहेको बताए। सौर्य सडक बत्तिका लागि सरकारले एक अर्ब छुट्याएको जानकारी उनले दिए।
 
दरवारमार्गमा जडान गरिएको सोलारको फाइल तस्विर ।

Tata
GBIME
Nepal Life

घरघरमा बत्तिको अभियानअन्तर्गत सरकारले ४० प्रतिशत सहयोग गर्ने तयारी गरिरहेको पनि उनले बताए।
 
काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रूद्रसिंह तामाङले महानगरपालिकाले काठमाडौँका अन्य पर्यटकीय क्षेत्रमा समेत सौर्य बत्ति जडान गर्न लागेको बताए। रासस