ल्यान्ड गर्दा गर्दै फ्लाइ दुवईको विमान दुर्घटनाग्रस्त, ६२ जनाको मृत्यु, हेर्नुस सिसिटिभी फुटेज

बिजमाण्डू
२०७२ चैत्र ६ गते ००:०० | Mar 19, 2016
ल्यान्ड गर्दा गर्दै फ्लाइ दुवईको विमान दुर्घटनाग्रस्त, ६२ जनाको मृत्यु, हेर्नुस सिसिटिभी फुटेज

काठमाडौं। फ्लाइ दुवईको फ्लाइट ९८१ दक्षिणी रसियाको सहर रोस्तोभ अन डन मा दुर्घटना भएको छ। ५५ यात्रुसहित र ७ क्रु मेम्बरसहित ६२ जनाको दुर्घटनामा मृत्यु भएको छ।

Tata
GBIME
Nepal Life

दुवईबाट आएको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो। कमजोर भिजिविलिटीका कारण दोस्रो पटक ल्यान्ड गर्न प्रयास गर्दा विमान दुर्घटनामा परेको एअर ट्राफिक कन्ट्रोलले जनाएको छ।

रसियन न्युज अनलाइनले स्रोतलाई उदृत गर्दै भनेको छ, प्रारम्भिक तथ्याङ्कले बोइङ ७३८ कमजोर भिजिविलिटीका कारण दुर्घटनामा परेको छ। रन वे भन्दा ५० देखि १०० मिटर बायाँमा दुर्घटना भएको हो।

ल्यान्ड गर्दा दुर्घटनामा परेको विमानमा लागेको आगोको सीसीटीभी फुटेज यस्तो छ

सरकारी अधिकारीले विमानमा रहेका सबैको मृत्यु भएको जानकारी दिएका छन्। राजधानी मस्कोको समयअनुसार बिहान ६ बजे दुर्घटना भएको हो।