एफएनसिसिआईका अध्यक्ष मुरारका भन्छन्, आन्दोलनका नाममा उद्योगी र व्यवसायीलाई तारो नबनाउ

बिजमाण्डू
२०७२ चैत्र ६ गते ००:०० | Mar 19, 2016

जनकपुरधाम । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले आन्दोलनका नाममा उद्योगी र व्यवसायीलाई तारो बनाउने क्रियाकलापको अन्त्य हुनुपर्ने बताएका छन् ।
 

जनकपुर उद्योग वाणिज्य सङघको ४९ औं वार्षिक साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले विगतमा उद्योगी व्यवसायीलाई पुरानो सत्तालाई कर नबुझाउन आह्वान गर्नेहरू राष्ट्रको प्रधानमन्त्री बने तर उद्योगी व्यवसायीको कर नबुझाउने आह्वानले परेको असर, उठिवासको समस्याप्रति कहिल्यै संवेदनशील नहुनु दुखद भएको बताए।
 
पीडित उद्योगी व्यवसायीको पीडा सुन्दा आँखामा आँसु आउँछ भन्दै उनले बन्दले आर्थिक समृद्धिको बाटोमा गतिरोध उत्पन्न गरेको बताए।
 
सांसद दिनेश साहले जनकपुरमा औद्योगिक कोरिडोर स्थापना गर्ने कार्यमा सबैको सहयोग जरूरी रहेको बताए।
 
सङ्घका अध्यक्ष शिवशङ्कर साहले जनकपुरमा विद्यमान समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए । रासस

Tata
GBIME
Nepal Life