मर्जर हल्लाले तीन कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको बृद्धि, सेयरमा मिश्रित रंग, एनबीको कारोबार



बिजमाण्डू
२०७२ चैत्र २४ गते ००:०० | Apr 6, 2016

Tata
GBIME
Nepal Life

काठमाडौं । मर्जरको चर्चासँगै तीन कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । हामा मर्चेन्ट, वाग्मति डेभलपमेन्ट बैक र महाकाली विकास बैंकको सेयर मूल्य सबैभन्दा वढिले उक्लिएको छ ।
 
हामाको सेयर मूल्य २२ रुपैयाँले बढेर २४३ रुपैयाँ पुगेको छ । वाग्मतिको २८ रुपैयाँ बढेर ३१५ रुपैयाँ पुगेको छ भने महाकालीको २५ रुपैयाँको बृद्धिसहित २८५ रुपैयाँ पुगेको छ ।
 
तीनै वटा कम्पनी मर्जरमा जाने हल्ला बजारमा छ । हल्लाका कारणले मूल्यमा केही बृद्धि देखिएको व्रोकरहरु बताउँछन् ।
 
दिनभरी मिश्रित रंग दिएको बजार अन्तत: २. १६ अंकको बृद्धिसहित बन्द भएको छ । कारोबार रकम ५५ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ । दिनभरीमा १२३ कम्पनीको सेयर किनबेच भएको हो ।
 
बजारका उपसुचकहरुले पनि मिश्रित रंग दिएका छन् । अन्य, होटल, विकास बैंक र जलविद्युत सुचक ओरालो लागेका छन् भने बाँकी सुचक हरियो भएका छन् । सबैभन्दा वढी बिमा ३९.२२ अंकले हरियो भएको छ भने फाइनान्स ८. ४४ अंकले बढेको छ । बैकिङ र उत्पादनमूलक समूहमा सामान्य बृद्धि देखिएको छ ।
 
बजारमा सबैभन्दा वढी नेपाल बंगलादेश बैंकको पाँच करोड २५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको तीन करोड ८१ लाख र नेपाल बैकको तीन करोड २९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।