राष्ट्रिय बाणिज्य बैंकमा श्रेष्ठले पदभार ग्रहण गरे, चार बर्षका लागि नियुक्त किरणकुमार को हुन् ?

बिजमाण्डू
२०७२ चैत्र २९ गते ००:०० | Apr 11, 2016
राष्ट्रिय बाणिज्य बैंकमा श्रेष्ठले पदभार ग्रहण गरे, चार बर्षका लागि नियुक्त किरणकुमार को हुन् ?


Tata
GBIME
Nepal Life

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण कार्यक्रममा उनले देशको ठूलो र पूर्ण सरकारी राष्ट्रिय वाणिज्य बैकबाट देशको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग पुर्याउन भूमिका खेल्ने बताए ।

बैकका उच्चस्तरका प्रवन्धकहरुको सहभागिता रहेको कार्यक्रममा नायव महाप्रवन्धक विष्णुप्रसाद वैद्यले बैकको समग्र अवस्थाबारे संक्षिप्त जानकारी सहित बैक परिवारको तर्फबाट स्वागत मन्तव्य राखे । नायव महाप्रवन्धक भुपेन्द्र पाण्डेले बैक सामु रहेका चुनौती तथा अवसरबारे ब्याख्या गरे ।

२०१३ मा चैनपुर नगरपालिका वडा नं १० संखुवासभामा जन्मी त्रिविविबाट जन प्रशासनमा स्नातकोत्तर उपाधी हासिल गरेका श्रेष्ठले यस अघि नेपालको अगुवा बैक नेपाल बैक लिमिटेडमा महाप्रवन्धकको जिम्मेवारी ( २०६९ देखि २०७१ ) सम्हालिसकेका छन् ।

श्रेष्ठ राष्ट्रिय वाणिज्य बैकमा खुल्ला प्रतिष्पर्धाबाट नियुक्त हुने दोश्रो प्रमुख कार्यकारी अधिकृत हुन् । यसअघि खुल्ला प्रतिष्पर्धाबाट कृष्णप्रसाद शर्मा नियुक्त भएका थिए । उनी गत पुस २१ गते ४ वर्षको कार्यकाल पूरा गरि अवकाश भएका थिए ।