माइक्रोम्याक्सको नयाँ लोगो सार्वजनिक, पाँच बुँदे रणनीति, भारतको ठूलो सेवाप्रदायक बन्ने लक्ष्य



बिजमाण्डू
२०७३ बैशाख २ गते ००:०० | Apr 14, 2016
नयाँदिल्ली । भारतमा सर्वाधिक बिक्री हुने  मोबाइल ब्रान्ड माइक्रोम्याक्सले लोगो परिवर्तन गरेको छ । भारतीय होम ग्रोन ब्रान्ड माइक्रोम्याक्सले बजारमा थप बलियो उपस्थिती जनाउन लोगो परिवर्तन गरेको हो ।

लोगोमा रहेको पाँच औला सहितको पञ्चले यसको पाँच बुदे रणनीतिलाई चित्रण गर्छ। उक्त रणनीतीले कम्पनीको दीर्घकालिन विकासलाई नेतृत्व गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको भारतको सबैभन्दा ठुलो सेवाप्रदायक र पुर्णरुपमा उपभोक्ताकेन्द्रित इलेक्ट्रोनिक्स कम्पनी बन्ने योजना राखेको छ । यो भारतको सबैभन्दा ठुलो सेवाप्रदायक कम्पनी बन्न चाहन्छ। यो पुर्ण रुपमा उपभोक्ता केन्द्रित इलेक्ट्रोनिक्स कम्पनी बन्न चाहेको जनाएको छ ।

Tata
GBIME
Nepal Life

यही कार्यक्रममार्फत १५ नयाँ उत्पादन बजारमा समेत ल्याएको छ । कार्यक्रममा कम्पनीले क्यानभास ६ र क्यानभास ६ प्रो फ्ल्यागसिप स्मार्टफोन बाहेक क्यानभास फायर ५ र क्यानभास सेल्फी ४ स्मार्टफोन ल्याएको छ। कम्पनीले पहिलोपटक स्मार्टवाच, नयाँ टिभी तथा केहि ट्याबटल्सहरु पनि  सार्वजनिक गरेको छ।

कम्पनीले जम्मा १९ वटा उत्पादनहरु प्रस्तुत गरेको छ, जसमा १५ वटा स्मार्टफोनहरु रहेका छन्। स्मार्टफोनहरुमा माइक्रोम्याक्स बोल्ट सुप्रिम, बोल्ट सुप्रिम टु, बोल्ट क्यु३८१, क्यानभास स्पार्क २प्लस, क्यानभास इवोक, क्यानभास मेगा २, क्यानभास र युनाइट ४ पनि रहेका छन् ।

क्यानभास ६ र क्यानभास ६ प्रो

यी दुवै फोर जि स्मार्टफोनहरु हुन्। दुवैको मुल्य कम्पनीले १३ हजार नौ सय ९९ भारतिय रुपैयाँ रहेको कम्पनीले राखेको  छ। दुवै स्मार्टफोनमा साढे ५ इञ्चको फुल एचडि (१०८०*१९२० पिक्सल) डिस्प्ले रहेको छ भने यसको पिक्सल डेनसिटी ४०१ पिपिआइ रहेको कम्पनीले जानकारी दिएको छ।

क्यानभास ६ मिडियाटेक अक्टाकोर प्रोसेसर बाट सञ्चालित छ भने क्यानभास ६ प्रो दुई गिगाहर्जको अक्टाकोर मिडियाटेक हिलियो एमटि६७९५ प्रोसेसरबाट सञ्चालित रहेको छ।

क्यानभास ६ माइक्रोसफ्टको पहिलो मेटल बडि र फिगंरप्रीन्‍ट स्क्यानर भएको पहिलो स्मार्टफोन हो। क्यानभास ६मा  तीन जिबि र्‍याम छ भने ६ प्रोमा चार जिबिको र्‍याम रहेको छ। क्यानभास ६ को इन्टर्नल मेमोरी ३२ जिबि छ भने ६ प्रो को १६ जिबि रहेको कम्पनीले जानकारी दिएको छ।

दुवै स्मार्टफोनहरुमा ३००० एमएएच क्षमताको ब्याट्री छ । यी दुवैमा १३ मेगापिक्सलको रियर क्यामरा  प्रयोग भएको छ। क्यानभास ६ मा ८ मेगापिक्सलको फ्रन्ट क्यामरा छ भने ६ प्रोमा पाँच मेगापिक्सल रहेको छ । दुवै स्मार्टफोनमा एन्ड्रोइडमाथी एराउन्ड युआइको अपरेटिङ सिस्टम प्रयोग गरिएको कम्पनीले जानकारी दिएको छ ।