बाराबाट बिक्री हुन्छ बार्षिक पाँच अर्बको खाद्यान्न, वार्षिक सात अर्बको खाद्यान्न उत्पादन

बिजमाण्डू
२०७३ बैशाख ७ गते ००:०० | Apr 19, 2016

कलैया । बारा जिल्ला खाद्यान्न, दलहन र तेलहन बालीमा आत्मनिर्भर बनेको छ ।
 
जिल्लामा गत आवमा धान, गहुँ, मकै, मुसुरो र तोरी बाली गरी कुल रु सात अर्ब ३७ करोडको चार लाख दुई हजार ३६ मेट्रिकटन उत्पादन भई आत्मनिर्भर भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए।
 
उत्पादित खाद्यान्न, दलहन र तेलहन बालीमा बीउबिजनका लागि ३१ हजार १९९ मेट र आन्तरिक खपत एक लाख १८ हजार ८२२ मेट हुने गरेको छ । पाँच अर्ब २४ करोड ३५ लाख बराबरको दुई लाख ५२ हजार १३ मेट बचत हुने गरेको छ।
 
आव २०७१/७२ मा धान दुई लाख ३४ हजार ५९४ मेट उत्पादन भएकामा बीउका लागि २३ हजार ४५९ मेट र आन्तरिक ९३ हजार ८३७ मेट टन खपत भई एक लाख १७ हजार २९७ मेट बचत भएको कार्यालयले जनाएको छ।
 
यसैगरी गहुँ ७७ हजार ८९५ मेट उत्पादन भएकामा बीउका लागि छ हजार २३२ मेट र आन्तरिक १५ हजार ५७९ मेट खपत भई ५६ हजार ८४ मेट बचत भएको छ । यस्तै मकै ८२ हजार ३२५ मेट उत्पादन भएकामा बीउका लागि ८२३ मेट र आन्तरिक चार हजार ११६ मेट खपत भएर ७७ हजार ३८५ मेट बचन भएको कार्यालय प्रमुख यादवले बताए।
 
यसैगरी मुसुरो छ हजार दुई मेट उत्पादन भएकामा बीउका लागि ६०० मेट तथा आन्तरिक चार हजार ८०१ मेट खपत भई ६०० मेट बचत भएको थियो । तोरी एक हजार २२० मेट उत्पादन भई बीउका लागि ८५ मेट र आन्तरिक ४८८ मेट खपत भएर ६४६ मेट बचन भएको कार्यालयले जनाएको छ । रासस

Tata
GBIME
Nepal Life