नेपालगञ्ज-जाजरकोट रुटमा पनि चल्यो एसी सहितको टाटा सुमो, सुविधा सम्पन्न गाडीमा यात्रा गराउने

बिजमाण्डू
२०७३ बैशाख १० गते ००:०० | Apr 22, 2016
नेपालगञ्ज-जाजरकोट रुटमा पनि चल्यो एसी सहितको टाटा सुमो, सुविधा सम्पन्न गाडीमा यात्रा गराउने


काठमाडौं। नेपालगञ्ज सनराइज यातायात व्यवसायी संघले नेपालगञ्‍ज-जाजरकोट रुटमा सुविधा सम्पन्न टाटा सुमो सञ्चालनमा ल्याएको छ । संघले विहिबारदेखि यो रुटमा टाटा सुमो सञ्चालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

पुराना गाडी सञ्चालन हुदै आएको यस रुटमा संघले पहिलोपटक एसी जडान भएको सुविधासम्पन्न गाडी सञ्चालनमा ल्याएको हो।


टाटा सुमोको सेवा सुरु गर्न आयोजित कार्यक्रममा संघका अध्यक्ष, पदाधिकारी, तथा सदस्यहरुले गाडी सञ्चालनको उदघाटन गरेका थिए। समितिका उपाध्यक्ष प्रविण बिसीले यो सेवा जाजरकोटका सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर सञ्चालनमा ल्याएको बताए। उनले भने,'हामीले जायज भाडा लिएर त्यसक्षेत्रका सर्वसाधारणलाई सुविधा सम्पन्न गाडीमा यात्रा गराउछौं।'

यो गाडी नेपालगञ्जबाट दैनिक चारपटक सञ्चालन हुने सञ्चालकले जनाएका छन्। हाल नेपालगञ्जदेखि सल्लीबजार हुँदै जाजरकोट पुग्ने यात्रुवाहक बसहरु अत्यन्त पुराना छन्। पुराना यात्रुबाहक बसमा सर्वसाधारणहरुले जोखिम मोलेर यात्रा गरिरहेका छन्।

सुमो सञ्चालनमा आएपछि उपभोक्ताले सुविधायुक्त यातायात सेवा पाउने विश्वास समितिले दिलाएको छ ।