टाटा मोटर्सले खोल्यो नेपालगंजमा नयाँ शोरुम, सेल्स र सर्भिस उपलब्ध हुने

बिजमाण्डू
२०७३ बैशाख १० गते ००:०० | Apr 22, 2016
टाटा मोटर्सले खोल्यो नेपालगंजमा नयाँ शोरुम, सेल्स र सर्भिस उपलब्ध हुने

काठमाडौं। टाटा मोटर्स र सिप्रदि ट्रेडिङले नेपालगंजको मनिकापुरमा बिएन अटोमोवाइल्सको नाममा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। यो शोरुमवाट नेपालमा उपलब्ध टाटाका पेसेन्जर  गाडिहरु उपलब्ध गराउने जनाएको छ।
 
नयाँ शोरुम उद्घाटन कार्यक्रममा सिप्रदी ट्रडिङका कार्यकारी निर्देशक राजनवाबु श्रेष्ठले यो शोरुमवाट सेल्स, सर्भिस र स्पेयर सुविधा दिइने बताए।

Tata
GBIME
Nepal Life


 
कार्यक्रममा टाटा मोटर्सका कन्ट्रि मेनेजर हेमन्त पुरानिकले नेपालगंजमा शाखा विस्तार भएकोमा खुशि व्यक्त गरे। उनले भने 'नेपालमा टाटाका धेरै शाखारहरु पहिलेदेखि नै सञ्चालनमा रहेका छन् यो नयाँ शोरुमले  नेपालका अरु शहरमा शाखा विस्तार गर्ने बाटो खुलेको छ।'
 
बिएन अटोमोवाइल्सका डाइरेक्टर विष्णु मैनालिले  नेपालगंज क्षेत्रमा टाटाको शोरुमले अझ धेरै ग्राहकको भन जित्ने बताए। उनले ग्राहकको चाहना अनुसारका सबै गाडिहरु उपलब्ध गराउने बताए।