राजनीतिबाट सेयर बजारमा कति पर्छ असर

बिजमाण्डू
२०७३ बैशाख ११ गते ००:०० | Apr 23, 2016
राजनीतिबाट सेयर बजारमा कति पर्छ असर
  • ब्रायन ब्रजोस्कोभि
लण्डन। अमेरिकामा यतिवेला राष्ट्रपति चुनावका विषयमा हल्लाखल्ला चलिरहेको छ। पुरै विश्वको आँखा यही चुनावमाथि लागेको छ। यो चुनावमा कसले बाजी मार्ला ?, हरेक उम्मेदवारअनुसार अमेरिकी विदेश नीति र आर्थिक नीतिमाथि अटकल लगाइएको छ।

Tata
GBIME
Nepal Life

अमेरिकी बजारमा पैसा लगाउन इच्छुक अधिकांश लगानीकर्ताले अहिले चुनावको नजिता के हुन्छ भनेर शास थामेर बसिरहेका छन्। किनकी जित्ने उम्मेदवारको हिसावमा अमेरिकाका रक्षा, विदेश तथा स्वास्थ्य नीति तय हुनेछ। यही आधारमा अमेरिकामा नाफा नोक्सानको पनि हिसाव लाग्नेछ।
 
यसैगरी युरोपमा बेलायतले युरोपियन युनियन छाड्ने विषयलाई लिएर राजनीति तातेको छ। बेलायतमा यही मुद्दामा तातो बहस सुरु भएपछि बेलायती पाउण्डको मूल्य अहिले घटेको छ। 
 
राजनीतिक घट्नाको विश्वभर गहिरो असर पर्छ। फेरी चाहे त्यो चीनको आर्थिक नीति होस वा अमेरिकामा ऋणका लागि सीमा तोकिने विषयमा बहस होस। संसदमा हुने चर्चा होस वा बन्द कोठामा बन्ने रणनति र राजनीतिको व्यापारिक दुनियाँमा सिधा सम्वन्ध हुन्छ।
 
लगानीकर्ताहरु अधिकांश समय सोच्छन कम्पनीको सेयर मूल्य खाली त्यो कम्पनीले तय गर्ने नीतिका आधारमा घट्ने बढ्ने भैरहेको हुन्छ। यो कुरा सही हो कुनै कम्पनीको सेयर मूल्य त्यो कम्पनीले लिने नीति र फैसलाका आधारमा घट्ने बढ्ने हुन्छ तर राजनीतिक फैसलाबाट पनि त्यो कम्पनीको नाफा नोक्सानमा सिधा असर पर्छ।
 
जस्तो कि यदी देशमा धेरै चिनी उत्पादन भयो र सरकारले चिनी निर्यात गर्ने निर्णय गर्यो भने चिनी बनाउने कम्पनीलाई फाइदा हुन्छ। सरकारको यो फैसलाबाट सेयर बजारमा चिनीको कारोवार गर्ने कम्पनीको सेयर मूल्य माथि चढ्छ।
 
सेयर बजारमा पैसा लगाउने छट्टु लगानीकर्ता संधै यो कुराको ख्याल गर्छन। कुनै राजनीतिक फैसालाबाट त्यो क्षेत्रका कम्पनीलाई फाइदा हुन्छ वा नोक्सान। यो अन्दाज लगाएर सेयरको खरिद विक्री गर्नु समझदारीको काम हो।
 
धेरै यस्ता राजनीतिक फैसला हुन्छन्, जसलाई लिएर बजार ज्यादै चाँढो तल र माथि गर्छन। जब अमेरिकी फेडरल रिजर्वकी प्रमुख जेनेट एलेन जब केही भन्छिन्, तव दुनियाँभरीको सेयर बजारमा त्यसको असर पर्छ। तर यसका लागि फाइदा उठाउन तपाईलाई उसेन बोल्ट जस्तै दु्रत गतिमा निर्णय लिन जरुरी हुन्छ।
 
अब, लगानीकर्ताले यति गतिमा निर्णय त लिन सक्दैनन्, त्यतिवेला तपाईं त्यो राजनीतिक  फैसलाबाट हुने दुरगामी परिणामका आधारमा लगानी गर्नुपर्छ। 
 
अमेरिकामा जो कोही राष्ट्रपति बने पनि अर्को वर्ष कारोवारका हिसावमा कमजोर हुने नै छ। सन् १९२९ देखि अहिलेसम्मको सेयर बजारको इतिहासले त यही नै देखाउँछ।
 
कुनै पनि अमेरिकी राष्ट्रपतिको कार्यकालको पहिलो वर्ष आर्थिक वृद्धिको गति सुस्त रहने गरेको छ । सेयर बजार अधिकांश समय राष्ट्रपतिको कार्यकालको अन्तिम वर्ष बढ्छ।
 
यसको कारण छ, हरेक राष्ट्रपतिको पहिलो कार्यकालमा अर्को कार्यकालका लागि पनि चुनाव जित्ने कोसिस हुन्छ। यही कारण उसले कठिन निर्णय लिन डराउँछ। जब तिव्र गतिमा निर्णय लिइदैन, तवसम्म तिव्र आर्थिक वृद्धि पनि हुँदैन्। 
 
जब नीतिका विषयमा भ्रम हुन्छ, तब सेयर बजारमा पनि त्यति नै धेरै उतार चढाव हुन्छ। केही कम्पनी यस्तो अनिश्चितताको समयमा पनि मुनाफा कमाउँछन्।
 
जुन लगानीकर्तासँग राजनीतिको ज्ञान हुन्छ, उसले यो जानेको हुन्छ कि कुनै राजनीतिक संकटको हल कसरी निस्किन्छ, उसले त्यो अस्थिरताका बेला पनि फाइदा उठाउन सक्छ।
जस्तो कि युरोपमा बेलायतले युरोपेली युनियन छाड्ने विषयमा राजनीतिक घमासान चलिरहेको छ। अब सबैको दृष्टि जुन २३ मा हुने जनमत संग्रहमा टिकेको छ । 
 
यसैबाट बेलायतका जनताले तय गर्नेछन कि उनीहरु युरोपेली युनियनमा रहिरहन चाहन्छन वा चाहँदैनन्। यही राजनीतिक संकटका कारण लण्डनका सेयर बजार एफटिएसई १०० साढे दुई प्रतिशत तल झरेको छ ।
 
यदी बेलायत युरोपियन युनियनबाट अलग हुने निर्णय गर्छ भने पाउण्ड कमजोर हुने कुरा तय छ। यसबाट बेलायती निर्यात कम्पनीको मुनाफा बढ्नेछ। तर रियलस्टेट तथा सुपरमार्केट कम्पनीलाई भने नोक्सान हुनेछ। किनकी बेलायत युनियनबाट बाहिर गएपछि उपभोक्तालाई खुद्रा सामान किन्न महँगो पर्नेछ।
 
यो नोक्सानको भरपाई कम्पनीहरुले सामानको मूल्य बढाएर गर्नैछन्। अर्थात जो जनता युरोपियन युनियनमा बेलायत रहने वा नरहने फैसला गर्छन उनीहरुले नै त्यसको मूल्य पनि चुकाउनुपर्नेछ।
 
जो जनतालाई लाग्छ बेलायत युनियनमा बसिरहनु पर्छ, उनीहरु त्यसैको उल्टो सेयर बजारमा लगानी गरेर मुनाफा कमाउन सक्छन्। 
 
यस्तै गरेर लगानीकर्ताले अमेरिकी चुनावलाई लिएर पनि निर्णय गर्न सक्छन्। चाहे बर्नी स्याण्डर्सले जितुन वा हिलेरी क्लिन्टन वा डोनाल्ड ट्रम्प वा टेड क्रुज। जानकार भन्छन्, यदी ट्रम्पले जित्छन भने रक्षा क्षेत्रको बजारले गति लिन्छ। तर विदेशी कारोवारमा लागेका कम्पनीको सेयर मूल्य भने घट्नेछ।
यसको जवाफ स्पष्ट छ, ट्रम्प आफ्नो भाषणमा अमेरिकालाई अझ बढी शक्तिशाली बनाउने कुरा गर्छन। साथै उनी बाँकि दुनियाँदेखि अमेरिकी बजारलाई बचाउने कुरा पनि गर्छन।
 
त्यहीं रिपब्लिकन पार्टीका ट्रेड क्रुजले जिते भने उर्जा क्षेत्रको कम्पनीको कारोवारमा तिव्र वृद्धि हुनेछ। किनकी उनले आफू जिते देशभर पाइपलाइन बिच्छाउने कुरा गर्छन्।
 
त्यसैगरी कुनै पनि रिपब्लिकन अम्मेदरवारले जित्नुको अर्थ हो अमेरिकी स्वास्थ्य क्षेत्रको नोक्सान। सबैको राम्रो स्वास्थ्यको प्रतिवद्धता व्यक्त गर्ने राष्ट्रपति बाराक ओबामाको नीति ओबामाकेयरको रिपब्लिकन कट्टर विरोधी हुन्। 
सेयर बजारका जानकार भन्छन्, केही कम्पनीहरु हिलेरी क्लिन्टनको जीतलाई लिएर चिन्तित छैनन्। यही कारण सेयर बजारमा त्यसको असर पनि देखिंदैन्। लगानीकर्तालाई लाग्छ, यसबाट डेमोक्रेटिक पार्टीको नीति जारी रहनेछ र ठूलो फेरबदल हुने छैन्।
 
क्लिन्टनको जित पछि सोलार पावर क्षेत्रमा गति आउने तय छ। किनकी उनले देशभरमा ५० करोज सोलार प्यानल लगाएर विजुली निकाल्ने प्रतिवद्धता व्यक्त गरेकी छन्। यसबाट सोलार कम्पनीलाई फाइदा हुनेछ।
त्यहीं उनैको पार्टीबाट बर्नी स्याण्डर्सले जित्नुको अर्थ हो वित्तीय क्षेत्रमा उतार चढाव। स्याण्डर्सले भनेका छन्, ठूला ठूला बैंक समाप्त गरेर साना साना बैंक बनाउँछु।
 
त्यसो त तपाई्र अमेरिकी चुनावमा सिधै बाजी लगाएर पनि पैसा कमाउन सक्नुहुन्छ। आयरल्याण्डको बेवसाइट पैडीपावर तथा बेलायती कम्पनी ल्याडब्रोक्सले यो सुविधा दिएका छन्। यी वेवासाइटमा तपाई बेलायत युरोपियन युनियनमा रहन्छ वा रहँदैन भन्नेमा पनि बाजी लगाउन सक्नुहुन्छ।
 
बेलायत युरोपियन युनियनमा रहन्छ भन्नेमा ज्यादा भाउ छ। त्यहीं अमेरिकी चुनावमा हिलेरी क्लिन्टन माथि धेरै मान्छेले दाउ लगाएका छन्।
 
पैडी पावर कम्पनीका रोरी स्काँट भन्छन्, यो बाजी केवल मोजमस्तीका लागि हो। यसमाथि आफ्नो जीन्दगी भरको कमाई लगाउन ठीक हुँदैन्।
 
राजनीतिक फैसालाका आधारमा कुनै सेयरमा लगानी गर्नु तपाईंका लागि नोक्सानी पनि हुन सक्छ। तर सेयरको मूल्य एकदमै शुन्य भने हुनेछैन्। तर बाजीमा भने वार वा पार हुनेछ। अर्थात जित्नु भयो भने सबै रकम तपाईंको हार्नुभयो भने सबै पैसा डुब्छ। 
 
यदी तपाई सुरक्षित खेल खेल्न चाहनुहुन्छ भने ठूला नाम भएका राम्रा कम्पनीको सेयर खरिद गर्नुहोस, किनकी ठूला राजनीतिक उचार चढावको पनि यी कम्पनीमा सामान्य असर मात्रै पर्छ। 
बीबीसी हिन्दीबाट साभार