टेलिया नियुक्त तत्कालिन सिईओ एरिमलाई तीन दिन भित्र करमा हाजिर हुन पत्र, नभए गिरफ्तारी



बिजमाण्डू
२०७३ बैशाख ११ गते ००:०० | Apr 23, 2016
टेलिया नियुक्त तत्कालिन सिईओ एरिमलाई तीन दिन भित्र करमा हाजिर हुन पत्र, नभए गिरफ्तारी

काठमाडौं। कर विवाद बढेपछि आन्तरिक राजस्व विभागअन्तर्गतको ठुला करदाता कार्यालयले एनसेलका तत्कालिन प्रमुख कार्यकारी अधिकृतको खोजी सुरु गरेको छ।

कार्यालयले एक्जियटा र टेलियासोनेरावीच भएको कारोवारको विवरण बुझाउन आग्रह गर्दै एनसेलमार्फत टेलियासोनेरालाई पत्र लेखेकै दिन तीन दिन भित्र कार्यालयमा हाँजिर हुन तत्कालीन सिईओ एरिम कम्युरन टाइलनलारलाई पत्र लेखेको थियो।

Tata
GBIME
Nepal Life

त्यसको जवाफ दिंदै एनसेलले तत्कालिन सिईओ टाइलनलरले कम्पनीबाट राजिनामा दिएको र राजिनामा पनि स्वीकृत भएको जानकारी ठूला करदाता कार्यालयलाई दिएको थियो। जवाफ आएपछि कार्यालयले वैशाख ८ गते अर्को पत्र लेखेर फेरी तीन दिन भित्र कार्यालयमा हाँजिर हुन आदेश दिएको हो।

एनसेलले पालना गर्नुपर्ने कर सम्वन्धि विषयमा आयकर ऐन २०५८ को दफा १०७ बमोजिम तपाई जिम्मेवार अधिकृत भएको स्मरण गराउन चाहन्छौं, कर कार्यालयले एरिमलाई लेखेको पत्रमा छ।

तस्वीर स्रोत एसभिडि

कर कार्यलयले दफा १०७ को उपदफा २ लाई उद्घृत गर्दै भनेको छ, कुनै निकायले कर बुझाइ सक्नुपर्ने मिति भित्र कर नबुझाई कसुर गरेमा सो निकायका तत्काल वहाल रहेका प्रत्येक अधिकृतहरु संयुक्त वा छुट्टाछुट्टै रुपमा सो कर बुझाउन जिम्मेवार हुन्छन भन्ने व्यवस्था भएकोले तपाईसँग एनसेलको कर सम्बन्धि विषयमा केही कुरा बुझ्नु पर्ने भएकाले तीन दिन भित्र तपाई स्वयं यस कार्यालयमा उपस्थित हुन अनुरोध गर्दछु।

कार्यलयमा उपस्थित नभए प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी समेत करले दिएको छ। आयकर ऐनको दफा १०७ ले कर नबुझाइ कसुर गरेमा सो निकायमा तत्काल बहाल रहेको वा छ महिना अघिसम्म बहाल रहेका प्रत्येक अधिकृतहरु संयुक्त वा छुट्टाछुट्टै रुपमा सो कर बुझाउन जिम्मेवार रहनेछन् भन्ने व्यवस्था छ।

यही व्यवस्थाअनुसार करले तत्कालिन सिईओ एरिमलाई खोजि गरिरहेको हो।

कहाँ छन् एरिम
दुई वर्ष अघि एनसेलको सिईओमा नियुक्त भएका एरिम एक्जियटाले एनसेल टेकओभर गर्दासम्म सिईओ थिए। त्यसयता एनसेलमा सिमोन पर्किन्सन सिईओ छन्। कर कार्यालयले पछिल्लोपटक एरिमलाई पत्र लेखे पनि उनी कर कार्यलयल भने पुगेका छैनन्।

पत्र पठाउँदा पनि कर कार्यालय नपुगेपछि एरिमका विषयमा करले निगरानी बढाएको छ। विदेशी नागरिक भएका कारण विदेश जाने सम्भावना भएपछि उनका विषयमा जानकारी दिन करले अध्यागमन कार्यालयहरुलाई अनौपचारिक ढंगले खबर गरिसकेको छ।

हामीले त पत्र पठाएर खोजिरहेका छौं, अनुपस्थित भए अटेर गरेर विदेश भागे रेडक्रनर नोटिस समेत जारी गरेर उसलाई नेपाल ल्याउँछौं, कर कार्यालयका वरिष्ठ अधिकारीहरुले जानकारी दिए। एनसेल मात्रै होइन उनी आफैले पनि नेपालमा ट्याक्स फाइल गरेका छैनन्।

रोजगारीमा नेपाल आएका विदेशी नागरिकले जागिर छाडेर विदेश फर्केन हो भने पनि आफ्नो व्याक्तिगत ट्याक्स फाइल गरेर जानुपर्छ। उनी आफैले पनि ट्याक्स फाइल गरेका छैनन्, एनसेलको सेयर कारोवारमा करका विषयमा जानकारी दिन पनि उनी यहाँ आएका छैनन्, त्यसैले हामीले उनलाई खोजि गरिरहेका छौं, स्रोतले भन्यो।