इटालियन कम्पनी बेनेलीका मोटरसाइकल नेपालमा, चार मोडेल भित्रियो, ६०० सिसिसम्मको बाइक

बिजमाण्डू
२०७३ बैशाख १२ गते ००:०० | Apr 24, 2016
काठमाडौं । विश्वविख्यात इटालियन कम्पनी बेनेलीका मोटरसाइकलहरु नेपालमा पनि उपलव्ध हुने भएका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रमकाबीच यो ब्रान्डका चार मोडलहरु अनावरण गरिएको छ ।

Tata
GBIME
Nepal Life

बेनेलीको स्थापना सन् १९११ मा इटलीको पेसारोमाभएको हो । यस कम्पनीको पहिलो मोटरसाइकल सन् १९१९ मा जनसमक्ष ल्याइएको थियो । तर बेनेलीको आफ्नै इंजिनजडित मोटरसाइकल भने १९२१ मा उत्पादन भएको हो ।

रेसिङ बाइकका रुपमा पनि बेनेलीले आफ्नो पृथक पहिचान बनाएको विज्ञप्तिमा उल्लेख छ । यो मोटरसाइकलले थुप्रै प्रतिष्ठित रेस अवार्डहरु जितेको छ । विश्वका कैयौं नामीबाइक रेसरहरुले बेनेली बाइक प्रयोग गरेका छन् ।

नेपालमा बेनेलीको आयातकर्ता केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले चार मोडेलहरु बजारमा ल्याएको हो ।

बेनेली टीएनटी २५
२४९सिसिको यस मोटरसाइकलमा सिंगल सिलिन्डर, फोरस्टक इन्जिन, ४ भल्भ, लिक्विड कूल्ड, इलेक्ट्रोनिक फ्युल इन्जेक्शन, ६ गेयर, मोनो शकअब्सर्बर, फ्रन्ट र रियर पेटल डिस्क ब्रेक, १६.५ लिटर क्षमताको फ्युल ट्याङजस्ता विशेषताहरु सामेल छन् ।

बेनेली टीएनटी३००
३०० सिसिको यस मोटरसाइकलका विशेषताहरुमा फोरस्ट्रक इन्जिन, ८ भल्भ, लिक्विड कूल्ड, इलेक्ट्रोनिक फ्युल इन्जेक्शन, ६ गेयर, ट्विन डिस्क फ्रन्ट ब्रेक र सिंगल डिस्क रियर ब्रेक, १६ लिटर क्षमताको फ्युल ट्याङ सामेल छन् । प्रतिघन्टा १५४ किमिसम्म स्पीड भएको यस मोटरसाइकलले प्रति लिटर ३० किमि सम्म माइलेज दिन्छ ।

बेनेली टीएनटी ६००आइ
६०० सिसिको शक्तिशाली फोरस्ट्रक इन्जिन, लिक्विड कूल्ड, डेल्फी इलेक्ट्रोनिक फ्युल इन्जेक्शन, ६ गेयर, ट्विन फ्लोटिङ डिस्क फ्रन्ट ब्रेक र सिंगल डिस्क रियर ब्रेक, १५ लिटर क्षमताको फ्युल ट्याङ यस मोटरसाइकल काविशेषताहरु हुन् ।

बेनेली जेनजेरो १५० (स्कूटर)
१५० सिसिको फोरस्ट्रक इन्जिन, फ्रन्ट र रियर डिस्क ब्रेक, ७ लिटर क्षमताको फ्युल ट्याङ भएको यस स्कूटरको डिजाइन अत्यन्त आकर्षक भएको विज्ञप्तिमा उल्लेख छ ।