हिटलर, मुसोलिनी, स्टालिनको महल बन्यो पाँच तारे होटल, एक रात विताउन लाख रुपैयाँसम्म लाग्ने

बिजमाण्डू
२०७३ बैशाख १२ गते ००:०० | Apr 24, 2016
हिटलर, मुसोलिनी, स्टालिनको महल बन्यो पाँच तारे होटल,  एक रात विताउन लाख रुपैयाँसम्म लाग्ने

काठमाडौं । हिटलर, मुसोलिनी, स्टालिनदेखि सद्धाम हुसेनसम्मका सन्सारका तानाशाहहरु सुविधा सम्पन्न जीवन विताए । उनीहरु मरेर गएको धेरै भइसक्यो । तर उनीहरुले समय विताएका महल तथा दरवारहरु अहिले होटल बनेका छन् । ती होटलमा बस्न तथा दिन विताउन भने राम्रै पैसा खर्च गर्नु पर्छ ।
 
इन्टरकन्टिनेन्सटल रिसोर्ट, जर्मनी
यो होटलको सम्बन्ध जर्मनीका तानाशाह हिटलरसँग छ । आल्पस्थित यो भवनको प्रयोग हिटल पहाडी यात्रा गर्दा गर्थिए । यो होटल १९औं सताब्दीको युरोपियन शैलीमा निर्माण गरिएको छ । त्यस बेला यसमा १३८ वटा कोठाहरु थिए । यो भवनलाई सन् २००५ देखि होटलका रुपमा परिवर्तन गरिएको हो । जर्मनीमा शासनमा रहेका बेला हिटलर प्राय यहाँ आउँथे । यहाँ एक दिन बस्नका लगि करसहित २७ हजार दुई सय रुपैयाँ लाग्छ ।
 
ग्रान्ड होटल ए भिल्ला फेल्ट्रिनेली
मुसोलिनीलाई  आधुनिक तानाशाहमध्ये सबैभन्दा खतरनाक मानिन्थ्यो । मुसोलिनीको भवन १९४३ मा सेनाको सहयोगमा कब्जामा लिइएको थियो । दोस्रो विश्वयुद्धपछि भने यो मुसोलिनीले कब्जा जमाएको घर वास्तविक धनी फेल्ट्रिनेली परिवारलाई नै जिम्मा दिइएको थियो । मुसोलिनीले लामो सयम प्रयोग गरेको सुविधा सम्पन्न घरलाई सन् १९९० ताका होटलमा रुपान्तरण गरिएको थियो । समुद्र किनारको छेउमा रहेको होटलबाट प्राकृतिक सुन्दरताको आनन्द उठाउन सकिन्छ । टेलिग्राफको रिपोर्ट अनुसार पाँच तारे यो होटलमा एक दिन र एक रात बस्दा एक लाख तीन हजार रुपैयाँ तिर्नु पर्छ ।
 
जेडब्ल्यु मेरिअट वुकारेस्ट ग्रान्ड होटल
रोमानियाका पुर्वतानाशाह निकोले काउशेसकुको सन् १९८९ मा क्रिसमसका बेला हत्या  भएको थियो । मृत्युको किरव १० बर्षपछि निकोले काउशेसकुको दरवारलाई मेरिअट समूहले खरीद गरेको थियो । चार सय वटा कोठा भएको दरवारलाई समूहले होटलका रुपमा विस्तार गर्‍यो । यो होटल रोमानियाको राजधानी बुकारेस्टस्थित संसद भवनको ठिक पछाडि छ । १२ तल्ले यो होटललाई विश्वकै राम्रो होटलका रुपमा हेरिन्छ । पाँच तारे यो होटलमा अधिकतम १९ हजार रुपैयाँ तिरे एक दिन र एक रात विताउन पाइन्छ ।
 
स्टालिन भिल्ला
तत्कालिन सोभियत संघका तानाशाह जोसेफ स्टालिनलाई रुसको सोच्ची शहर एकदमै मन परेको थियो । घना जंगल, सामुन्द्र किनारा तथा एकैनासे मौसमका कारण सोच्ची रुसकै अनुपम शहर हो । यहाँ स्टालिन बस्ने भवनमा सर्वासधारणले रात विताउन पाउँछन् । स्टालिनले प्रयोग गरेको तथा उसका निजी बस्तुको संकलन पनि हेर्न सकिन्छ । स्टालिन यहाँ प्राय गर्मिका बेला आउँथे । यो भिल्ला सन् १९३७ मा बनाइएको थियो । स्थानीय प्रशासनले यो होटलका केही कोठाहरुलाई मात्र बिक्री गर्छ । बाँकी कोठाहरुलाई हेर्न मात्र पाइन्छ ।
 
होटल भिल्ला ब्लेड
जोसिप ब्रोज टिटो स्लोभिनियाका तानाशाह थिए । स्लीभिनियाको ब्लेड शहरस्थित समुन्द्री किनारमा उनले आफ्ना लागि महल बनाएका थिए । सन् १९८० मा यसलाई होटलमा रुपान्तरण गरिएको थियो । यो होटलमा एक दिन र एक रात विताउन २१ हजार रुपैयाँ लाग्छ ।
 
सेन्ट क्याथरिन्स
अल्बानियाका पूर्वतानाशाह राजा जोङ्गलाई इटालीका मुसोलिनीले सत्ताबाट सन् १९३९ मा हटाइ दिएका थिए । त्यसपछि उनी ब्रिटेनको सेन्ट क्याथरिन्स हाउसमा बस्न थाले । उनले सन् १९२५ दिख १९३९ सम्म अल्वानियामा शासन गरेका थिए । सेन्ट क्याथरिन्समा एक दिन र एक राता विताउन १२ हजार रुपैयाँ तिर्नु पर्छ ।
 
अल हिलाह प्रेसिडेन्सयल प्यालेस
इराकका पूर्वराष्ट्रपती तथा  तानाशाह सद्दाम हुसेनसँग अल हिलाह प्रेसिडेन्सयल प्यालेसको सम्बन्ध छ । अमेरिकी आक्रमणपछि सत्ताबाट हटेका उनलाई पछि फाँसी दिइएको थियो । सत्तामा हुँदा उनी यही प्यालेसमा बस्थे । अहिले यसलाई होटल बनाइएको छ । यहाँ एक रात र एक दिन बस्नका लागि २० हजार रुपैयाँ तिर्नु पर्छ ।

Tata
GBIME
Nepal Life