कृषि विकास बैंकका लगानीकर्ताले पाउने भए १५% वोनस र ५०% हकप्रद सेयर, सरकारलाई ६% व्याज दिने

बिजमाण्डू
२०७३ बैशाख १४ गते ००:०० | Apr 26, 2016
कृषि विकास बैंकका लगानीकर्ताले पाउने भए १५% वोनस र ५०% हकप्रद सेयर, सरकारलाई ६% व्याज दिने
काठमाडौं । कृषि विकास बैंकका सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिसत बोनस र ५० प्रतिसत हकप्रद सेयर पाउने भएका छन् । बैंकको मंगलबार सम्पन्न साधारण सभाले बोनस र हकप्रद दिने प्रस्ताव पारित गरेको हो । 
 
सरकारको अग्राधिकार सेयरमा भने बैंकले ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको भएको छ । 
 

 
बैंकले वोनस सेयर जारी भएपछि कायम हुने चुक्ता पूँजीमा २ः१ अर्थात ५० प्रतिशतका दरले हकप्रद दिने निर्णय गरेको हो । बैंकका करिब दुई लाख सेयरधनी छन् । 
 
बैंकको चुक्ता पुँजी हाल तीन अर्ब ४२ करोड ४० लाख रुपैयाँ छ । सरकारको एक अर्ब ७४ करोड ६२ लाख ४० हजार (५१ प्रतिशत) तथा सर्वसाधारणको एक अर्ब ६७ करोड ७७ लाख ६० हजार (४९ प्रतिशत) सेयर रहेको छ । 
 
बैंकमा सरकारको ६ अर्ब ४३ करोड ६८ लाख बराबरको अग्राधिकार सेयर छ । नेपाल राष्ट्र बैंकले यो सेयरलाई चुक्ता पुँजीमा गणना गर्न नदिने भएपछि हकप्रद दिएर पुँजी बृद्धि गर्न लागिएको हो । गत वर्ष बैंकले तीन अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएको थियो । 
 
बैंक सञ्चालक समितिका अध्यक्ष प्रमोद कुमार कार्कीले २०७२ फागुन मसान्तसम्ममा बैंकमा ८३ अर्व ४३ करोड रुपैयाँ निक्षेप पुगेको जानकारी दिए । बैंकको कर्जा तथा सापट ७५ अर्व ७१ करोड पुगेको छ ।
 

Tata
GBIME
Nepal Life