समाजकल्याणले माग्यो ४२ जना कर्मचारी, प्रशासन,कानुन र लेखा समूहमा शाखा अधिकृतदेखि खरिदारसम्म

बिजमाण्डू
२०७३ बैशाख १६ गते ००:०० | Apr 28, 2016
समाजकल्याणले माग्यो ४२ जना कर्मचारी, प्रशासन,कानुन र लेखा समूहमा शाखा अधिकृतदेखि खरिदारसम्म
काठमाडौं : समाजकल्याण परिषदले बिभिन्न पदमा ४२ जना कर्मचारी माग गरेको छ। बिहीबार सूचना प्रकाशित गरी परिषदले प्रशासन, कानुन र लेखा समूहमा खरिदारदेखि शाखा अधिकृत सरहका कर्मचारी माग गरेको हो।

परिषदले शाखा अधिकृत सरहका ११ जना सहायक निर्देशक, १ जना कानुन अधिकृत,  नायब सब्बा सरहका ४ जना सहायक प्रथम र ४ जना लेखापाल र १ जना टेलिफोन अपरेटर माग गरेको छ। त्यस्तै खरिदार सरहका १६ जना सहायक द्वितीय, ३ जना सहलेखापाल, १ जना प्लम्बर र १ जना टेलिफोन अपरेटर माग गरेको सूचनामा उल्लेख गरिएको छ।

Tata
GBIME
Nepal Life

सहायक निर्देशकका लागि स्नातक उतीर्ण, कानुन अधिकृतका लागि कानुनमा स्‍नातक, सहायक प्रथम र लेखापालका लागि प्लस टु सरह उतीर्ण र सहायक द्वितीयका लागि एसएलसी पास हुनुपर्नेछ। दुईजना टेलिफोन अपरेटरमध्ये एक जना प्लस टु उतीर्ण र एक जना एसएलसी उतीर्ण माग गरिएको छ।

त्यस्तै प्लम्बरका लागि प्राविधिक एसएलसी पास गरेको वा सिटिइभिटीबाट तह २ को सीप परीक्षण परीक्षा उतीर्ण भएको हुनुपर्नेछ।योग्यता पुगेका नेपाली नागरिकले जेठको १६ गतेसम्म दरखास्त दिनुपर्नेछ।  दरखास्त शुल्क अधिकृत तहको १ हजार, नायब सुब्बा तहकोलाई ४ सय र खरिदार सरहकोलाई ३ सय रुपैयाँ तोकिएको छ।