जुन काम गर्दा आमालाई लाग्छ ‘लाज’, त्यही ब्यवसायबाट छोरीले कमाइन् अर्बौं, यस्तो छ ऋचाको ब्यवसाय

बिजमाण्डू
२०७३ बैशाख १६ गते ००:०० | Apr 28, 2016
जुन काम गर्दा आमालाई लाग्छ ‘लाज’, त्यही ब्यवसायबाट छोरीले कमाइन् अर्बौं,  यस्तो छ ऋचाको ब्यवसाय
न्युदिल्ली । महिलाका लागि यसै पनि आफ्नै व्यवसया सुरु गर्न गाह्रो छ । त्यसमाथि अप्ठेरो त्यो बेला बढ्छ, जब ब्यवसाय गर्ने क्षेत्र नै एकदमै फरक हुन्छ ।

Tata
GBIME
Nepal Life

यो एक भारतीय महिला ब्यवसायीको कथा हो, जसले ब्यवसाय सुरु गर्दा सबैभन्दा ठूलो प्रश्न उसको परिवारले गरेको थियो । उनी हुन् ऋचा कौर, जसले अनलाइन 'अन्डर गार्मेन्ट' बेच्नका लागि 'जिभामे' को सुरुवात गरिन् ।
 
जब ऋचाले काम सुरु गरिन् उनकी आमाले सबैभन्दा ठूलो विरोध गर्दै भनिन्- म आफ्ना इस्टमित्र साथीभाइलाई के भनौं ? मेरी छोरी ब्रा र पेन्टी बेच्छे भनौं ?
 
आज ती छोरी आफ्नो विजिनेस बढाएर अर्बौं रुपैयाँ कमाइरहेकी छिन् ।
 
ऋचाले नयाँ खालको बिजिनेस सुरु गर्ने निर्णय त लिइन् तर विरोध घरबाटै सुरु भयो । ऋचाका पिताले पनि उनको निर्णयलाई त्यसबेला बुझेनन् । साथीभाइ र आफन्त पनि उनको बिजिनेसलाई हेरेर हाँस्थे ।
 
ऋचालाई सुरुमा अफिस भाडामा लिन पनि समस्या पर्‍यो । उनले घरमालिकलाई केही झुट बोलेपछि मात्र अफिस पाइन् । उनले घरमालिकलाई भनिन्- म अनलाइनबाट कपडाको ब्यापार गर्छु ।
 
त्यसपछि उनलाई परेको अर्को समस्या हो पेमेन्ट गेटवे पाउन । त्यो पनि उनले केही मेहेनत गरेर पाइन् ।
 
कम्पनी सञ्चालनमा आएसँगै ऋचाले 'लग्जरी मार्केट' का बारेमा अनुसन्धान नै गरिन् । अनुसन्धानमा महिलाहरु आफ्नो अन्डरगार्मेन्टको बारेमा खुलेर कुरा गर्न चाहँदैनन् भन्ने निस्कर्ष निस्कियो । धेरै महिलालाई आफ्नो ब्राको साइजसमेत थाहा थिएन । उनीहरु गलत साइजको ब्रा लगाउँथे ।
 
अहिले ऋचाको कम्पनीले प्रत्येक मिनेट एउटा ब्रा बेच्छ अर्थात एक घन्टामा ६० वटा । कम्पनी फैलिएर साना शहरहरुमा पनि पुगेको छ । त्यहाँको ब्यापार ३० प्रतिशत छ ।
 
इन्जिनियरिङ सकेर एमबिए गरेको ऋचाले त्यसपछि जागिर खान थालिन् । आठ बर्ष जागिर खाएपछि उनले ब्यवसायमा हात हालेकी हुन् । मार्केटिङ कम्पनीमा जागिर खाएकाले आफ्नो उत्पाद कसरी बजारमा स्थापित गर्न सकिन्छ भनेर जानेकी ऋचाले त्यही अनुभव आफ्नो बिजिनेसमा प्रयोग गरेकी हुन् ।
 
जिभामेको स्टोरमा अहिले पाँच हजार डिजाइन छन् । ५० ब्रान्ड र १०० साइजका सामान पाइन्छन् । कम्पनीको सामान भारतको अधिकांस भागमा डेलिभरी हुन्छ ।
 
ऋचाले सन् २०११ मा ५६ लाख रुपैयाँमा व्यवसाय सुरु गरेकी थिइन् । पाँच बर्षको अवधिमा उनको ब्यापार बढेर पाँच गुणा ठूलो भएको छ । सन् २०१५ मा कम्पनीले चार अर्ब ३२ करोड रुपैयाँको ब्यापार गरेको थियो ।