चार्टर्डले ‘लिड’ गर्‍यो सेयर बजार, १५०० बिन्दुमा पुग्न ३५ अंक बाँकी, करिव अर्ब रुपैयाँको किनबेच

बिजमाण्डू
२०७३ बैशाख १६ गते ००:०० | Apr 28, 2016
काठमाडौं । साताको अन्तिम कारोबार दिन स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सेयर बजारलाई 'लिड'  गरेको छ । बैंकको आगामी लाभांससँग लोभिएर लगानीकर्ता तानिएपछि  बैंकको एकै दिन १७ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
 
तुलनात्मक रुपमा थोरै चुक्ता पुँजी रहेको चार्टर्डले पुँजी बृद्धिमा मर्जर विकल्पमा नगइ वोनस र हकप्रद सेयरको रणनीति लिएको सुचना 'लिक' भएसँगै बैंकको सेयरको बजार तातेको हो । बैंकको अन्तिम कारोबार ३५ सय ९५ रुपैयाँ प्रतिकित्तामा भएको छ ।
 
दिनभरीमा बैंकको  ४९ हजार ७३६ कित्ता सेयर किनबेच भएको छ । मूल्य वढेर बैंकको केही सातायता उल्लेख्य कारोबार हुन थालेको छ ।
 
चार्टर्डसँगै एभरेष्टमा पनि लगानीकर्ता तानिएका छन् । यद्यपी कारोबार रकमका हिसावले भने एभरेष्टलाई नेपाल लाइफ र नेपाल बैंकले जितेका छन् । नेपाल लाइफको ६ करोड १० लाखको किनबेच भएको छ ।
 
अन्य सुचक स्थिर देखिएपनि बाँकी सबै सुचक हरियो भएर समग्र बजार ६.५३ अंकले उक्लिएर १४६५ अंकमा पुगेको छ । बजारमा झन्डै एक अर्ब अर्थात ९६ करोड ६२ लाख रुपैयाँको किनबेच भएको छ ।
 
बिमा सुचक ११२  अंकले उचालिँदा  जलविद्युत दोहोरो अंकले बढ्नबाट थोरैले मात्र चुकेको छ । कम बढ्नेमा बैंकिङ सुचक छ । बैंकिङ २.३२ अंकले उचालिएको छ ।

Tata
GBIME
Nepal Life