सांग्रिलाको १० लाख कित्ता सेयर लिलाममा बेच्ने, सस्थापक समूहको मात्रै नौं लाख ६७ हजार कित्ता

बिजमाण्डू
२०७३ बैशाख १७ गते ००:०० | Apr 29, 2016
सांग्रिलाको १० लाख कित्ता सेयर लिलाममा बेच्ने, सस्थापक समूहको मात्रै नौं लाख ६७ हजार कित्ता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १० लाख कित्ता सेयर लिलाममा बेच्ने भएको छ । सस्थापक समूहले नौं लाख ६७ हजार पाँच सय ४० कित्ता हकप्रद सेयर नकिनेपछि बैंकले लिलाममा बेच्न लागेको हो । 
सर्वसाधारण लगानीकर्ताले पनि ७१ हजार सात सय ७३ कित्ता सेयरमा आवेदन नदिएपछि बैंकले लिलाममा बेच्न लागेको हो । 
 
धितोपत्र विक्री प्रबन्धक एनएमबी क्यापिलले यो सेयर लिलाम गराउने छ । बैंकले गत फागुन ११ गते देखि चैत १२ गतेसम्म हकप्रद निष्कासन गरेको थियो । 
 
लिलाममा सेयर किन्न चाहने लगानीकर्ताले सस्थापक र सर्वसाधारण समूहका लागि छुट्टाछुट्टै आवेदन दिनुपर्ने छ । न्यूनतम एक सय रुपैयाँ सेयर मूल्य तोकिएको र लिलाम बढाबढमा अधिकतम मूल्य तिर्न चाहने लगानीकर्ताले सेयर पाउनेछन् । बैशाख २६ गतेभित्र आवेदन दिने लगानीकर्ताले मात्रै सेयर किन्न पाउने छन् । 
 

Tata
GBIME
Nepal Life