साताको अन्तिम दिन सुनको भाउ १२०० ले बढ्यो, कच्चातेलको मूल्य बढ्दा सुनकाे मूल्य अाकासियाे

बिजमाण्डू
२०७३ बैशाख १७ गते ००:०० | Apr 29, 2016
साताको अन्तिम दिन सुनको भाउ १२०० ले बढ्यो, कच्चातेलको मूल्य बढ्दा सुनकाे मूल्य अाकासियाे
काठमाडौं। शक्रबार सुनको भाउ एक हजार दुई सय रुपैयाँले बढेको छ। विहिबार तोलामा एक सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार अचानक एक हजार दुई सय रुपैयाँले बढेको हो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ। विहिबार सुनको भाउ तोलाको ५५ हजार तीन सय रुपैयाँ पुगेको थियो।

अन्तराष्ट्रिय बजारमा डलर कमजोर भएको कारण सुनको भाउ बढेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बताए। शुक्रबार सुन प्रति औस ३० डलरले बढेको छ। 'विहिबार प्रति औस एक हजार दुई सय ४८ अमेरिकी डलर कायम रहेको सुनको मुल्य शुक्रबार एक हजार दुई सय ७७ अमेरिकी डलरमा कारोबार भईरहेको छ' उनले भने,' त्यसको प्रभाव नेपाली सुनबजारमा परेको हो।' अन्तराष्ट्रिय बजारमा डलर कमजोर भएपनि नेपाली रुपैयाँसँग अमेरिकी डलरको विनिमय दर भने स्थिर रहेको छ।

अन्तराष्ट्रिय बजारमा तेलको मुल्य बढेको कारण तेलको मूल्य पनि वृद्धि हुने क्रममा रहेकोले सुनको मूल्य बढेको शाक्य बताउछन । सुन उत्पादनमा तेलको खपत हुने भएकोले यी दुईको मूल्य समानान्तर रहन्छ, शाक्यले बताए। शक्रबार प्रति ब्यारेल ४३ डलर प्रति ब्यारेल रहेको तेलको मुल्य ४७ डलर प्रतिब्यारेल पुगेको छ।

साताभरीमा सुनको मुल्य एक हजार सात सय रुपैयाँले उकालो लागेको छ। साताको सुरुवातमा नै तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउमा लगातार उकालो लागेको छ।

सुनको भाउ सँगै चाँदीको भाउ पनि १५ रुपैयाँ महंगीएको छ। महासंघका अनुसार शुक्रबार चाँदी तोलामा आठ सय रुपैयाँमा किनबेच भइरहेको छ। विहिबार चाँदीको भाउ तोलाको सात सय ८५ रुपैयाँ पुगेको थियो।