भारतीयले खानामा कति खर्च गर्छन? नेपाल भन्दा निकै सस्तो खाना पाइने भनेपनि खर्च भने करिब समान

बिजमाण्डू
२०७३ बैशाख १७ गते ००:०० | Apr 29, 2016
भारतीयले खानामा कति खर्च गर्छन? नेपाल भन्दा निकै सस्तो खाना पाइने भनेपनि खर्च भने करिब समान
काठमाडौं । भारतीय नागरिकले आफ्नो आम्दानीको कति हिस्सा खानामा खर्च गर्लान? भारतीयको ठूलो खर्च खानामै हुने गरेको अध्ययनले देखाएको छ । सन् २०२१ सम्म भारतीले आफ्नो कुल आम्दानीको ४२ प्रतिसत हिस्सा खानामा खर्च गर्नेछन् ।  
 
नेपालमा पनि एउटा परिवारले औसतमा खाना (फुड एण्ड वेभरेज) का लागि आफ्नो आम्दानीको ४० प्रतिसत हिस्सा खर्च गर्छ । नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो सर्भेले यस्तो नतिजा देखाएको थियो । 
नेपालमा भन्दा भारतमा खाद्य वस्तु सस्तो छ भन्ने धारणा छ । खाद्यान्नको मूल्य भारतमा सस्तो रहेको मूल्य सूचीहरुले जनाउँछ । तर भारतीय र नेपालीले खानामा गर्ने खर्च भने करिब समान छ । 
 
भारतको हन्सा सिक्विटिज्ले गरेको अध्ययनमा सन् २०२१ सम्म भारतीयले आफ्नो आम्दानीको ४२ प्रतिसत हिस्सा खानामा खर्च गर्नेछन् । यो खर्च निकै धेरै हो । विकसित मुलुकमा खानाका लागि यो भन्दा कम हिस्सा खर्च हुन्छ ।
 
शिक्षा, यातायात , स्वास्थ्य र अन्य दीर्घकालिन सामानमा हुने खर्च केही थोरै छ । शिक्षा र यातायातमा सात प्रतिसतका दरले, स्वास्थ्यमा पाँच प्रतिसत र दीर्घकलिन सामानमा आम्दानीको ६ प्रतिसत खर्च हुने गरेको इकोनोमिक टाइम्सको अनलाइन संस्करणमा उल्लेख छ । 
 
मोटरसाइकल, स्कूटर, मोवाइल फोन जस्ता दीर्घकालिन सामानमा खर्च बढ्दो क्रममा रहेको पनि अध्ययनमा उल्लेख छ । अझै करिब १० वर्षसम्म यस्तो खर्च बढ्ने अनुमान गरिएको छ । व्यक्तिगत खर्च, जस्तो ट्राभल्स, स्वास्थ्य उपचार, जस्ता क्षेत्र गैरखाद्यमा धेरै खर्च हुने शीर्षक हुन् । 
 

Tata
GBIME
Nepal Life