ट्राफिक प्रहरीले ५० रुपैयाँसम्मको जरिवानालाई ५ सय बनायो, यस्तो छ आइतबारबाट लागु हुने जरिवाना

बिजमाण्डू
२०७३ बैशाख १७ गते ००:०० | Apr 29, 2016
ट्राफिक प्रहरीले ५० रुपैयाँसम्मको जरिवानालाई ५ सय बनायो, यस्तो छ आइतबारबाट लागु हुने जरिवाना

काठमाडौँ । ट्राफिक प्रहरीले वैशाख १९ गते आइतबारदेखि ट्राफिक कसुरमा जरिवाना रकम बढाउने भएको छ। यसअघि न्युनतम जरिवाना रकम २५ रुपैयाँ भएकोमा अहिले पाँच सय रुपैयाँ बनाइएको छ। 

Tata
GBIME
Nepal Life

सरकारले राजपत्रमा गत असोज १४ गते सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐनमा रहेको जरिवानालाई संशोधन गरेको थियो। यसअनुसार २५ देखि ५० रुपैयाँसम्मको जरिवानालाई ५ सय रुपैयाँ बनाइएको छ भने ५० देखि १ सय रुपैयाँलाई १ हजार रुपैयाँ बनाइएको छ। त्यस्तै १ सय रुपैयाँदेखि २ सय रुपैयाँलाई १ हजार ५ सय रुपैयाँ बनाइएको छ। 
 

संशोधित ऐनको प्रावधान अनुरुप महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबारदेखि निम्न कसुरमा निम्न जरिवाना गर्ने भएको छ –
  
(क) यातायातमार्फत् जरिवाना हुने कसुरहरुः
१    निर्धारित भाडा भन्दा बढी भाडा लिई सवारी चलाएको
२    बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको
३    सवारीको स्वरुप परिवर्तन तथा मोडिफाई गरेको
४    वास्तविक नम्बर प्लेट नराखी आफुखुसी नम्बर राखी सवारी चलाएको वा चलाउन लगाएको

(ख) रु १ हजार जरिवाना हुने कसुरहरु 
१. सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको
२. सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा
३. दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुयाएको वा सम्पर्कमा नआएको
४. मादक पदार्थ सेवन गरी सवारी चलाएको 
५. सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा
 
(ग) रु ५ सय जरिवाना हुने कसुरहरु
१. तोकिएको भन्दा बढि मालसामान राखेमा 
२. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको 
३. सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको
४. प्रयोजन बिपरीत सवारी चलाएको 
५. हेल्मेट नलगाएको
६. सवारी आवागमनमा बाधा पुरयाएको  
७. अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको
८. छतमा यात्रु बोकेको वा राखेको 

(घ) रु १ हजार ५ सय जरिवाना हुने कसुरहरु
१. ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको 
२. सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको 
३. सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको 
४. सडकमा गलत साईड तर्फबाट सवारी चलाएको 
५. एकतर्फि सडकमा सो विपरित सवारी चलाएको ।
६. अवस्था ठिक नभएको सवारी चलाएको ।
७. निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।
८. राती बत्ती नबाली सवारी चलाएको ।
९. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।
१०. नम्बर प्लेट नराखी सवारी चलाएको ।
११. सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको ।
१२. पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको ।
१३. सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।
१४. सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेको ।
१५. निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको । 
१६. लापरवाहीका साथ सवारी चलाएको । 
१७. बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको ।
१८. सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएको ।   

यसअघिको जरिवाना प्रावधान यस्तो थियो-
रू २०० जरिवाना हुने कसुरहरु 
१)   नम्बर प्लेट नराखी सवारी चलाएको
२)  सडकमा गलत दिशाबाट सवारी चलाएको, लेन अनुशासन तथा (दुइतर्फी सडक प्रयोग) 
 ३) लापरवाही साथ सवारी चलाएको (मोबाईल फोन प्रयोग, सुरक्षा पेटी, हेल्मेटको फित्ता खुल्ला, ढोका खुल्ला, बिसौनीमा लामो समय सम्म सवारी रोकेको, ढाला खोलेर सामान ढुवानी गरेको, जथाभावी यात्रु चढाउने ओराल्ने)    
४) सवारी चलाउन निषेध गरेको स्थान वा समयमा सवारी चलाएको
५)  निर्धारित गति भन्दा बढी गतिमा सवारी चलाएको (तिब्र गति)       
६) अवस्था ठिक नभएको सवारी साधन चलाएमा 
७) रातो बत्ती क्रस गरेको 
८)  रोक्न संकेत गरेको वा आदेश दिएकोमा नरोकेको
९) खाली रहेको अवस्थामा यात्री लिन ईन्कार गरेको 
१०)     तोकेको भन्दा बढी मानिस राखेमा
११)  प्रेशर हर्न तथा डिजिटल हर्न प्रयोग गरेमा
१२) राती बत्ति नबाली सवारी चलाए
१३)    सवारी रोक्न निषेध गरेको स्थानमा सवारी रोकेमा
१४)  ट्राफिक संकेतको पालना नगरेको तथा ईसारा उलंघन गरी सवारी चलाएमा 
१५)    एकतर्फी सडकमा सो विपरित सवारी चलाएमा

रू १०० जरिवाना हुने कसुरहरु
१)  सवारी मोड्न निषेध स्थानमा मोडेको
२)  सवारी चालक अनुमति पत्र ,सवारी दर्ता किताब, सवारी इजाजत्र पत्र साथमा नराखी सवारी साधन चलाएको 
३)  अगाडि वा पछाडिको कुनै पनि नम्बर प्लेट स्पष्ट नराखी सवारी चलाएको 
४)    बिसौनीमा लामो समय सवारी राखेको 
रू ५० जरिवाना हुने कसुरहरु
१)  ध्वनि संकेत पालना नगरेको
 २)   जेब्रा क्रसिङमा रोकेको

  रू २५ जरिवाना हुने कसुरहरु
 १)     वाइफर नचलेको
 २)     साइड लाइट नबलेको

यस्तो हुन्छ प्रक्रिया
ट्राफिक नियम उल्लंघन गरेको भनी ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ बमोजिम चालक वा व्यवस्थापकबाट सवारी चालक अनुमति पत्र,  सवारी दर्ता किताब वा सवारी इजाजत पत्र लिएर २४ घण्टे पुर्जि दिने गरेको छ।

ट्राफिक प्रहरीले स्थलमा नै उपलव्ध गराउने यस्तो पुर्जी लिएको २४ घण्टामा सम्बन्धित ट्राफिक प्रहरी कार्यालयमा र ४८ घण्टासम्म सम्बन्धित ट्राफिक प्रभागमा र ४८ घण्टाभन्दा पछि काठमाडौँमा भए  महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटरशाखामा सम्पर्क राखी जरिवाना रकम बुझाउनु पर्छ।

ट्राफिक प्रहरीले गरेको निर्णय चित्त नबुझेमा यातायात व्यवस्था विभाग वा पुनरावेदन अदालतसमक्ष पुनरावेदन गर्न सकिने व्यवस्था ऐनमा छ।