एप्पलको युगको अन्त्य हुनलाग्यो? भारतीय बजारले बचाउन नसके स्मार्ट फोनबाट बाहिरिएला एप्पल?

बिजमाण्डू
२०७३ बैशाख १८ गते ००:०० | Apr 30, 2016

यो वर्ष एप्पलको बिक्री ५३.२२ प्रतिशतले अर्थात आठ अर्ब डलरले घट्यो। बिक्रीको असर सेयरमा पनि पर्यो । १२ महिनामा २० प्रतिशतले सेयर मूल्य घट्यो।

Tata
GBIME
Nepal Life

त्यसो भए अरबौं डलरको यो व्यवसायको भविष्य कस्तो होला? कुन दिशामा व्यवसाय अघि बढ्ला? बिबिसीले यस विषयमा विशेषज्ञहरुसँग कुराकानी गरेको छ।

बेन वुड (सिसिएस इनसाइट) का अनुसार कम्पनीले भर्च्युअल रियालिटीतर्फ व्यवसाय विस्तार गर्न सक्छ।

एप्पलका प्रमुख कार्यकारी टिम कुकले यसलाई ठुलो सम्भावना बोकेको क्षेत्र बताएका थिए। यसका साथै बहुचर्चीत एप्पल कारतर्फ पनि ध्यान केन्द्रित गर्न सक्छ। जुन यस्ता प्राविधिक विज्ञका लागि ठुलो सम्भावनायुक्त परियोजना हुनसक्छ।

वुडका अनुसार एप्पलले भारतीय बजारमा पनि ध्यान पुर्‍याउन सक्छ।

उनले भने, 'यद्यपी भारतमा त्यहि मुल्यमा आइफोन बेच्नु आइफोनका लागि चुनौतीको विषय  बन्न सक्छ तर निकै ठुलो घनत्व र स्मार्टफोनलाई लिने सम्भावनालाई भने बिर्सनु हुदैन।'

यस नीतिको असफलता अमेजन र स्काइ जस्तै  एप्पललाई पनि कन्टेन्ट तयार गर्ने अथवा प्रोभाइडरको क्षेत्रमा जानका लागि प्रोत्साहित गर्नसक्छ।
इन्स्टिच्युट अफ इनभाइरोमेन्टल म्यानेजमेन्ट एण्ड एसेसमेन्टका प्रमुख सल्लाहकार मार्टिन ब्याक्सटरका अनुसार कम्पनीले कार बनाउने सम्भावना धेरै छ। यद्यपी अटोमेटीक कार नै हुनुपर्ने जरुरी छैन।

उनले भने, 'आजभोलि हावाको गुणस्तरको विषयलाई लिएर धेरै समाचार बनेका छन् । यो स्पष्ट छ कि विद्युतीय सवारीले उत्सर्जनलाई घटाउन सक्छ। यसरी हामी बिजुली पैदा गर्नसक्छौ जसमा उत्सर्जन कम हुन्छ।'

क्याम बन्टनका अनुसार (नाइन टु फाइभ क्याकका सम्पादक) एप्पले बजारलाई परिवर्तन गर्ने किसिमको प्रविधि ल्याउनुपर्छ।

उनले भने, 'प्रविधिमा उत्सुकता राख्ने हैसियतले भन्न सक्छु कि एप्पल निकै सुस्त छ।'

'यसले वर्षमा एक या दुईपटक मात्र उत्पादन ल्याउछ र प्राय ती उत्पादनहरु दोहोरिन्छन्। यद्यपी यो राम्रो रणनीति हो। यसबाट उचित मात्रामा पैसा कमाउन पनि सकिन्छ।'

निकै गोप्य ढंगले काम गर्ने यस कम्पनीले केही विषयमा खुलाउनुपर्ने जरुरी रहेको बन्टनले बताए।

'म चाहन्छु कि यो अलिकति खुलोस् र यस्तो प्रविधि कसैले नगर्‍या जस्तो अद्भुत भन्ने दाबी गर्न छोडिदिए हुन्छ। 'तर मलाई लाग्छ कि यसै कारणले यो सफल भएको छ। रहस्यले रमाइलो बनाउँछ र यसले ल्याउने हरेक उत्पादन नयाँ जस्तै लाग्छन्।'

अकाउन्टेन्सी फर्म मेनजीका साझेदार तथा प्रविधिको क्षेत्रको विशेषज्ञ ग्राहम सेडोनका अनुसार आईफोन अन्त्यको समय आइसक्यो।

उनले भने, 'सबैभन्दा राम्रो उत्पादन, उत्तम ब्राण्डको एउटा समय हुन्छ र त्यसपछि त्यसको युग अन्त्य हुन्छ।' बिबिसि हिन्दी संस्करणबाट