युरोपका २८ देशमा अब ‘रोमिङ फ्री’, युरोपका कुनै पनि मुलुकमा अब राेमिङ लाग्दैन

बिजमाण्डू
२०७३ बैशाख १८ गते ००:०० | Apr 30, 2016

लन्डन : मोबाइल प्रयोगकर्ताले शनिबारबाट कम खर्चमा युरोपभित्र कुराकानी गर्न सक्ने भएका छन्। युरोपेली युनियनभित्र रहेका २८ मुलुकमा रोमिङ खर्च कटौती गरिएकाले प्रयोगकर्ताको मोबाइल बिल कम उठ्ने भएको हो।

शनिबारदेखि सुरु भएको कम शूल्क आगामी वर्षको जुन देखि पूर्ण रुपमा खारेज हुनेछ। मतलब युरोपका कुनै पनि मुलुकमा पुग्नुस् तपाईँले रोमिङ वापतको रकम तिर्नुपर्ने छैन।फोनसँगै डाउनलोड डेटा वा टेक्स्टिङमा पनि छुट हुनेछ। ‘सरदरमा १० लाख बेलायतीहरु हरेक रात युरोपका कुनै मुलुकमा विताइरहेका हुन्छन् जसले हरेक वर्ष औशतमा ३ सय ५० पाउन्ड रोमिङकै लागि तिरेका हुन्छन्,’ बेलायका डिजिटल इकोनमी मन्त्री इड भेइजेले भने, ‘यसबाट बेलायतीले मात्रै करोडौं पाउण्ड बचाउन सक्छन्।’

Tata
GBIME
Nepal Life

एक ठाउँमा प्रयोगकर्ताले अर्को ठाउँमा जाँदा रोमिङ चार्ज तिर्ने गर्छन्। यसबाट उनीहरुले ठूलो रकम अर्को सेवा प्रदायककहाँ पठाउन परिरहेको हुन्छ। हाल रोमिङ चार्ज ७५ प्रतिशत कटौती हुँदैछ। साथै आउट गोइङ कलको मूल्य पनि घटाइएको छ। अर्थात् हिजोसम्म १६.५ पेन्स लाग्ने मोबाइल शुल्क अब ४ पेन्समा झरेको छ। डाटा डाउनलोडमा १७.४ पेन्सको शुल्क अब ४ पेन्समा झरेको छ।  फोटो : जर्मनी – पेरिस रेलमा युवतीहरु मोबाइल चलाउँदै। स्रोत