ओप्पलका एलईडी लाइट बजारमा, शेराटन होटल र एडिडासका उद्योगमा ओप्पलका लाइट,८८ प्रतिशत विजुली वचत

बिजमाण्डू
२०७३ बैशाख १९ गते ००:०० | May 1, 2016
ओप्पलका एलईडी लाइट बजारमा, शेराटन होटल र एडिडासका उद्योगमा ओप्पलका लाइट,८८ प्रतिशत विजुली वचत
काठमाडौं । जीपी ट्रेडिङ कन्र्सनले ओप्पल एलईडी लाइट नेपाली बजारमा ल्याएको छ । त्रिवेणी ग्रुप अन्तर्गतको यो कम्पनी नेपालको आधिकारिक बिक्रेता नियुक्त भएपछि यसको पुतलीसडकमा शोरुम समेत खुलेको छ ।

यो शोरुमको त्रिवेणी व्यापार समूहका निर्देशक शैलेश संघाईले उद्घाटन गरे ।  सबैभन्दा कम विजुली खपत गर्ने र सस्तो एलइडी लाइट भएको कम्पनीको दावी छ ।यो लाइटले अरुको तुलनामा ८८ प्रतिशत कम विजुली खपत गर्छ । ओप्पलले  हस्पिट्यालिटी, मेडिकल र औद्योगिक क्षेत्रमा समेत प्रयोग गर्न मिल्ने लाइट उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।

ओप्पलका लाइट विश्वका प्रख्यात कम्पनीहरुले प्रयोग गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार होलिडे इन, एडिडास, बर्गर किङ, स्टारबक र शेराटनमा ओप्पलको लाइट प्रयोग भएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

Tata
GBIME
Nepal Life