युवा उद्यमीको काठमाडौं च्याप्टर गठन, कलेजका विद्यार्थीलाई जागिर खोज्ने होइन जागिर दिने बनाइने

बिजमाण्डू
२०७३ बैशाख १९ गते ००:०० | May 1, 2016
काठमाडौं । साना र मझौंला तहका युवा उद्यमलाई प्रोत्साहित गर्न युवा उद्यमी काठमाडौं च्याप्टर गठन भएको छ । काठमाडौं च्याप्टरको अध्यक्षमा सुर्दशन बस्नेत चयन भएका छन् ।

च्याप्टरको प्रथम उपाध्यक्षमा चेतन भण्डारी र द्धितिय उपाध्यक्षमा निशान श्रेष्ठ चयन भएका छन् । च्याप्टरको सदस्यहरुमा समितराज शिलाकार, निशान्त प्रधान, शरद गोल्छा, सुशील गुप्ता, प्रवित्रा गौतम र इशा बलामी चयन भएका छन् । नेपाली युवा उद्यमी मञ्च अन्तर्गतको यो च्याप्टरले साना र मझौंला युवा उद्यमीको विकासमा काम गर्ने प्रतिवद्धता जनाएको छ ।

‘उद्यमशीलताको विकास तल्लो तहसम्म पु¥याउन काठमाडौं च्याप्टर गठन गरिएको हो,’ अध्यक्ष बस्नेतले भने, ‘ती युवालाई लाइमलाईटमा ल्याउन सकिएमा उद्यमशीलताको विकासमा सहयोग पुग्न सक्छ ।’ उनका अनुसार छिट्टै स्कुलर/कलेजका विद्यार्थीलाई उद्यमशीलता सम्वन्धी तालिम र जनचेतना कार्यक्रम ल्याइनेछ ।‘हामी पढ्नेवितिकै जागिर खाने सोच बनाउँछौ । तर हामी जब सिकर होइन जब प्रोभाइडरको रुपमा कलेजका युवालाई प्रशिक्षित गर्नेछौ,’ बस्नेतले भने, ‘जागिरे मानसिकता त्याग्न सकिएन भने आफ्नो र मुलुकको विकास कहिल्यै हुँदैन ।’

Tata
GBIME
Nepal Life