सिड्नीलाई उछिन्दै बन्यो काठमाडौं विश्वको उत्कृष्ट घुम्ने ठाउँ, ह्यारीको भ्रमणले बढ्यो चासाे

बिजमाण्डू
२०७३ बैशाख १९ गते ००:०० | May 1, 2016
सिड्नीलाई उछिन्दै बन्यो काठमाडौं विश्वको उत्कृष्ट घुम्ने ठाउँ, ह्यारीको भ्रमणले बढ्यो चासाे
काठमाडौं। विश्वभरमा घुम्नका लागि उत्कृष्ट गन्तव्यमा दक्षिण एसियाका सहरलाई पछि पार्दै काठमाडौं विश्वको २३ औं स्थानमा परेको छ। यात्रा सम्वन्धि विश्वको सवैभन्दा ठूलो ट्राभल अनलाइन पोर्टल ट्रिप एडभाइजरले काठमाडौलाई ट्राभलर च्वाइस आवार्ड २०१६ वाट समेत सम्मानित गरिसकेको छ।

फोटो : ट्रिप एडभाइजर
काठमाडौले ऐतिहासिक सहर अष्ट्रेलियको प्रमुख सहर सिड्नीलाई समेत पछाडि पारेको छ। सिड्नी काठमाडौंभन्दा एक स्थान तल २४ औ स्थानमा परेको छ।

Tata
GBIME
Nepal Life

फोटो : ट्रिप एडभाइजर
बेलायतका राजकुमार प्रिन्स ह्यारीकाे भ्रमणले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको अष्ट्रेलियावाट निस्कने अनलाइन साउथ एसिया डटकम डट एयुले भनेको छ।

विश्वमा सर्वौत्कृष्ट गन्तव्य हुनका लागि होटेल, रेस्टुरेन्टको समिक्षा, मुल्याङ्कन र आकर्षणको मात्रा प्रयोग गरेर १२ महिनाको अवधिमा पर्यटकसँगको अन्तरक्रिया आधारित रहेर विश्वका उत्कृष्ट गन्तव्यको छनौट गरिएको ट्रिप एडभाइजरले जनाएको छ।

फोटो : ट्रिप एडभाइजर
हरेक बर्ष ट्रिप एडभाइजरले संसारका उत्कृष्ट गन्तव्यको सुचि सार्वजनिक गर्ने गर्दछ। ट्रिप एडभाइजरले गएको महिना पनि नेपाललाई पर्यटकको उत्कृष्ट गन्तव्यको सुचीमा राखेको थियो।

ट्रिप एडभाइजरले विश्वभरका करोडौं पर्यटकको सिफारिसमा उत्कृष्ट गन्तव्यको धोषणा गर्ने गर्दछ।

उत्कृष्ट पर्यटक गन्तव्य कुन कुन देशमा छन्

उत्कृष्ट एक नम्बरमा गत बर्षदेखि बेलायतको लण्डन सहर रहेको छ। टर्कीको राजधानी स्तानबुल दोस्रो नम्बरमा परेको छ। त्यस्तै तेस्रो, चौथो, पाँचौं, छैठौं, सातौ, आठौ, नवै र दशौं नम्बरमा क्रमश मोरक्को, पेरिस,कम्बोडिया, चेक रिपब्लिक, इटालीको रोम, भियतनाम, न्यूयोर्क सिटी र इन्डोनेसिया रहेका छन्।

त्यस्तै एघारदेखि विसौं स्थानमा क्रमश स्पेनको वार्सिलोना, पोर्चुगलको लिस्वन, यूएईको दुवइ, रसियाको सेन्ट पिटर्सबर्ग, थाइल्याण्डको बैंकक, नेदरल्याण्डको आर्मस्ड्रम, अर्जेन्टिनाको व्युनर्स आयर्स, चीनको हंकङ, मेक्सिकोको क्यारमेन र दक्षिण अफ्रिकाको राजधानी केपटाउन रहेका छन्।

त्यस्तै जापानको राजधानी टोकियो, पेरुको कुस्को एक्काइसौ र वाइसौं स्थानमा रहेका छन्। अस्ट्रेलियाको राजधानी सिड्नी र हंगेरीको बुडापेस्टलाई पछाडि पार्दै काठमाडौं तेइसौं स्थानमा रहन सफल रहेको छ। यो सुचीमा नेपालभन्दा अरु कुनै दक्षिण एसियाली देशहरु परेका छैनन्।