गर्मीमा ‘कुल’ राख्नुहोस् आफ्नो कारलाई, आठ तरिका जसले तपाईको कारलाई सुरक्षित राख्छ

बिजमाण्डू
२०७३ बैशाख १९ गते ००:०० | May 1, 2016

यो मौसममा धरैजसो समस्याका प्रमुख कारण पारो चढ्दै गरेको गर्मी मौसम हो । यो मौसममा सबैलाई आफ्नो कार धेरै प्यारो लाग्ने गर्छ।
 
यात्रा सहज बनाउन कारको अवस्था पनि राम्रो हुनुपर्छ । कार सहि कन्डिसनमा भएन भने धेरै समस्या आउनसक्छ। परिवारका साथ निकै टाढा जाँदा मध्यान्हको समयमा बीच सडकमा कार बिग्रिहाल्यो भने तपाई के गर्नुहुन्छ ? केही साना कुरामा ध्यान पुर्‍याउनु भयो भने गर्मीमा पनि कारलाई ठिक राख्न सकिन्छ र यस्‍ता समस्यालाई केही हदसम्म मुक्ति पाउन सकिन्छ ।

कुलिङ सिस्टम
कारको कुलिङ सिस्टममा ध्‍यान दिनुहोस्। रेगुलेटरलाई फ्लस गर्नुहोस् ताकि भित्र केही अड्केको रहेछ भने सफा हुन्छ। रेडिएटरको पंखालाई पनि सफा गर्नु जरुरी छ। यसबाहेक वर्षको एकपटक कुलेन्ट फेर्नु उपयुक्त हुन्छ।

Tata
GBIME
Nepal Life

ब्‍याट्री
चर्को गर्मीमा ब्याट्रीले पनि निकै समस्या ल्याउछ। कार चलाउने बाहेक जाडोमा चलाइने ब्लोअर अथवा गर्मीमा चलाइने एयर कन्डिसन दुवैले कारको ब्याट्रीमा ठुलो प्रभाव पार्छ। त्यसैले ब्याट्रीको नियमित जाँच गर्नु जुरुरी हुन्छ। यदि तपाईको ब्याट्री चार वर्षभन्दा पुरानो छ भने बदल्नु उचित हुनेछ।

इञ्जिन आयल
इञ्जिनको सुरक्षामा इञ्जिन आयलको महत्वपूर्ण भुमिका हुन्छ। तेलको इञ्जिनले चिप्लोपनालाई कायम राख्छ। जसकारण पिस्टन, सिलिन्डर लगायतका अन्य महत्वपूर्ण भाग पनि सुरक्षित रहन्छन्।

केही समय पछि इञ्जिन आयलले चिल्लोपना गुमाउदै जान्छ। अटो पार्टमा धेरै घर्षणका कारण धेरै मेटल जम्मा हुन्छन्। यसले इञ्जिनमा समस्या देखाउन सक्छ। यसका लागि सिन्थेटिक आयलको प्रयोग गर्नु अत्यन्तै जरुरी छ।

पेन्ट
कारलाई हेर्नेबित्तिकै सुरुमा सबैको ध्यान कारको रंगमा पुग्छ। कारको रंगले कारलाई चमक दिन्छ र आकर्षक देखिन्छ। कारलाई लामो समयसम्म घाममा राखेपछि कारको रंग खुइलिन्छ।

महिनामा एकपटक रबिङ व्याक्स र पोलिसको प्रयोगले पेन्टको आयु लम्बिन्छ। तपाईलाई यस कामका लागि आधा घण्टाको समय लाग्छ। सम्भवभएसम्म कारलाई छाया भएको स्थानमा पार्क गर्नुहोस्। यदि छाया भएन भने कारलाई कभरले छोप्दिनुहोस्।
 
सफाई
तपाईको कारलाई नियमितरुपमा सफा राख्नुहोस्। जसकारण यसमा जमेर बसेको धुलोमैलो हटोस्। प्रेसर वासिङले अप्ठ्यारो ठाउमा पनि कार सफा हुन्छ।

टायर
सडक र तपाईको कारको टायरसँग नजिकको सम्बन्ध हुन्छ। टायरमा हावाको स्तरलाई सहि स्तरमा राख्नु र नियमितरुपमा यसको जाँच गर्नु जरुरी छ।
कम प्रेसरका कारण कारको तौलले यसको साइडवालमा समस्या ल्याउछ। गर्मीमा धेरै प्रेसर भयो भने टायरको तापक्रम बढ्छ। जसकारण टायरमा समस्या त देखा पर्छ र यसको फाट्ने सम्भावना प्रबल रहन्छ।

एयर फिल्टर
गर्मीमा चल्ने हावाले आफुसँगै धुलो, माटो तथा बालुवा पनि साथमा ल्याउछ। कारमा प्रयोग हुने एयरफिल्टरले बाहिरबाट आउने हावालाई छान्ने काम गर्छ।
यदि तपाईले सहि एयरफिल्टरको प्रयोग गर्नुभएन भने यसले इञ्जिनलाई हानि पुर्‍याउछ। यसको नियमितरुपमा जाँच गर्नु अत्यन्त जरुरी छ। यदि आवश्यक पर्‍यो भने तत्काल यसलाई बदल्नुहोस्। यो त्यति धेरै महंगो पनि पर्दैन।

एयर कन्डिसन
गर्मीमा एसी चल्नासाथ हामीलाई राहत महसुस हुन्छ। तर यसालाई चलाउदा कतिपय कुराहरुमा सावधानि अपनाउनु अत्यन्त जरुरी हुन्छ।
जब तपाई कारको सर्भिसिङको लागि जानुभयो भने सावधानिका बारेमा जानकारी लिन नबिर्सनुहोला।

एसी सुरु गर्नु अगाडी यसलाई उच्चतम कुलिङमा सेट गर्नुहोस्। त्यसपछि हावा चलाउनुहोस् जसकारण एसीको चिसो कार भरी फैलियोस्। तापमानलाई धेरै घटायो भने तपाई स्वास्थ्य र पर्यावरणलाई पनि असर पार्दछ। नवभारत टाइम्स अनलाइनबाट