एकै गाउँमा उत्पादन हुन्छ दैनिक १७ सय किलो खुवा, केजीको ४ सयमा बिक्री, ३० हजार लिटर दूध संकलन

बिजमाण्डू
२०७३ बैशाख १९ गते ००:०० | May 1, 2016

 बनेपा । काभ्रेपलाञ्चोकको च्याम्रेङबेसी गाविसमा खुवा उद्योग फस्टाउँदै गएको छ। स्थानीय किसानका लागि आयआर्जनको स्रोत बनेपछि खुवा उद्योग फस्टाउन लागेको हो ।
 
म्रेङबेसी गाविसमा कूल १७ वटा खुवा उद्योग सञ्चालनमा रहेका छन्। भैँसीपालनको पकेट क्षेत्र मानिने सो गाविसमा ३० हजार लिटर दूधबाट दैनिक एक हजार ७०० किलो खुवा उत्पादन हुने गरेको स्थानीय किसान सोमनाथ घिमिरले जानकारी दिए।
 
बाइस वर्षदेखि खुवा उत्पादन गर्दै आउनुभएका घिमिरेले आफ्नो घरबाट दैनिक ४२ किलो खुवा उत्पादन गर्छन्। उनले परम्परागत खुवा उत्पादनका उद्योगलाई आधुनिकिकरण गुर्नपर्नेमा जोड दिए।
 
बजारमा पहुँच नहुँदा किसानले सास्ती खेप्नु परेको छ। 'दैनिक पाँच आम्दानी हुन्छ,' उनले भने। 
 
प्रति लिटर दूध ४० मा खरिद गरेर बनाइएको खुवा प्रतिकिलो चार सय रुपैयाँमा बिक्री गरिन्छ । रासस

Tata
GBIME
Nepal Life