राष्ट्र बैंकका गभर्नर नेपाल भछन्,’अर्थतन्त्रमा सुधार देखिन थाल्यो’, दमौलीमा ग्लोबल आइएमईको शाखा

बिजमाण्डू
२०७३ बैशाख १९ गते ००:०० | May 1, 2016
राष्ट्र बैंकका गभर्नर नेपाल भछन्,’अर्थतन्त्रमा सुधार देखिन थाल्यो’, दमौलीमा ग्लोबल आइएमईको शाखा
दमौली । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले भूकम्प र नाकाबन्दीपछि तरल अवस्थामा रहेको अर्थतन्त्रमा सुधार आउन थालेको बताए। 
 
ग्लोबल आइएमई बैंक लिमिटेड दमौली शाखाको आइतबार उद्घाटन गर्दै डा नेपालले व्यापार घाटा ३९३ अर्ब रहेको र ४२७ अर्बको विप्रेषण नेपालमा भित्रिने गरेको जानकारी दिए। मुलुकको आर्थिक वृद्धिदर दुई प्रतिशत मात्रै रहेकाले आगामी आर्थिक वर्षमा पाँच प्रतिशत वृद्धिदर पुर्याउने लक्ष्य सरकारको रहेको उनले बताए । 
घरखेत बाझो राखेर युवा विदेशिएपछि वार्षिक आठ अर्ब भन्दा बढीको तरकारी नेपाल भित्रने गरेको उनले बताए। अहिले पुनःनिर्माणका काम सुरु हुन लागेकाले पीडितलाई रकम उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा सहयोग पु¥याउने भनाइ गभर्नर नेपालको छ । 
 
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल ज्यूले तनहुँ जिल्लामा धेरै पहिलेदेखि ग्लोबल आइएमई बैंकको आवश्यकता महसुस भई आएको कारण बैंकले आफ्नो शाखा बिस्तार गरेको बताए । 
 
नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले बैंकको स्थापनापछि लगानीका अवसर बढ्ने र अर्थतन्त्रमा सुधार आउने बताए। छ लाख ग्राहक रहेको ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ६ अर्ब १६ करोड रहेको बताइएको छ।
 
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले बैंकले दिदै आएको सेवा सुविधाको विषयमा जानकारी दिएका थिए । दमौलीमा खोलिएको नयाँ शाखासंगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ९० पुगेको छ । राससको सहयोगमा
 

Tata
GBIME
Nepal Life