नबिल बैंकले कमायो नौ महिनामै दुई अर्ब पाँच करोड नाफा, व्याज आम्दानी र डलर कारोबारले नाफा उचाल्यो

बिजमाण्डू
२०७३ बैशाख २० गते ००:०० | May 2, 2016
नबिल बैंकले कमायो नौ महिनामै दुई अर्ब पाँच करोड नाफा, व्याज आम्दानी र डलर कारोबारले नाफा उचाल्यो
काठमाडौं । नबिल बैंकले तेस्रो त्रैमासिक अवधिमै खुद नाफा दुई अर्ब रुपैयाँ नघाएको छ । बैंकले गत बर्षको सोही अवधिको तुलनमा करिब ४४ करोड रुपैयाँ नाफा बढाएको हो । बैंकले दुई अर्ब पाँच करोड रुपैयाँ खुद नाफा कमाएको हो ।
 
व्याज आम्दानीमा गरेको उल्लेख्य बृद्धि, राइट व्याक र विदेशी विनिमयको कारोबार गरेको नाफाले खुद नाफा बढेको हो । व्याज आम्दानीमा मात्रै बैंकले करिब ३० करोड रुपैयाँ बढाएको छ । बैंकले चैत मसान्तसम्म तीन अर्ब तीन करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । 
बैंकले विदेशी विनिमयको कारोबारबाट ४२ करोड रुपैयाँ कमाएको छ । यो आम्दानी निकै धेरै हो । डलरको भाउ आकासिँदा बैंकले यसको कारोबारबाट पनि त्यत्ति नै धेरै नाफा आर्जन गर्यो । अघिल्लो वर्षको पहिलो त्रैमासिक अवधि विदेशी विनिमयबाट ३४ करोड रुपैयाँ कमाएको थियो । 
राइटव्याक गरेर बैंकले ११ करोड रुपैयाँ नाफामा जोडेको छ । फि र कमिशनबाट पनि बैंकले ३३ करोड रुपैयाँ कमाएको छ । 
 
बैंकको व्यालेन्सिटको आकारमा पनि ठूलो बृद्धि देखिएको छ । बैंकको कुल पुँजी तथा दायित्व एक खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म बैंकमा एक खर्ब १३ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ भने ७० अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकमा ९१ अर्ब रुपैयाँ निक्षेप थियो भने कर्जा कर्जा ६६ अर्ब रुपैयाँ मात्रै थियो । बै‌ंकको रिजर्भमा छ अर्ब ७८ करोड रुपैयाँ जम्मा छ । 
 
 

Tata
GBIME
Nepal Life