इन्भेष्टमेन्टले बैंकले नौ महिनामा कमायो एक अर्ब ८१ करोड नाफा, रिजर्भमा मात्रै करिब १० अर्ब

बिजमाण्डू
२०७३ बैशाख २० गते ००:०० | May 2, 2016
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा निजी क्षेत्रका बैंकमध्ये दोस्रो धेरै हो । अघिल्लो आर्थिक वर्षमा दुई अर्ब भन्दा थोरै मात्र कम नाफा कमाएको यो बैंकले यस वर्ष दुई अर्बको सीमा सजिलै कटाउने छ। 
 
बैंकले निक्षेप तथा कर्जा लगानीमा गरेको बृद्धिले नाफा बढाउन सघाएको हो । बैंकले कर्जा लगानी मात्रै करिब १६ रुपैयाँ बृद्धि गरेको छ । कर्जामा भएको बृद्धिले व्याज आम्दानी ५० करोड रुपैयाँ थपिएको छ । यसले खुद नाफा बढाएको हो । 
बैंकले चालु आर्थिक वर्षको चैतसम्म दुई अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ५० करोड रुपैयाँले धेरै हो । गत वर्ष यस्तो आम्दानी दुई अर्ब २० करोड रुपैयाँ थियो । 
 
त्यस्तै विदेशी विनिमय कारोबारबाट ३७ करोड रुपैयाँ कमाएको छ । यो आम्दानी पनि निकै धेरै हो । गत वर्ष बैंकले विदेशी विनिमयको कारोबारबाट ३२ करोड रुपैयाँ कमाएको थियो । 
 
राइटव्याक गरेर पनि बैंकले नाफामा ४२ करोड ८६ लाख रुपैयाँ थपेको छ । बैंकले यहि अवधिमा ४८ करोड रुपैयाँ संभावित नोक्सान व्यहोर्न प्रोभिजन गरेको छ । 
 
बैंकले फि, कमिशन र डिस्काउन्टबाट ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यी शीर्षकमा ३७ करोड रुपैयाँ कमाएको थियो ।
 
चैत मसान्तसम्म यो बैंकमा निक्षेप एक खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ८४ अर्ब ३७ करोड पुर्याएको छ । बैंकको रिजर्भमा निकै ठूलो रकम जम्मा भएको छ । चैत मसान्तसम्म नौ अर्ब ८३ करोड रुपैयाँ यो बैंकको रिजर्भ कोषमा छ । यही वर्ष फरदर पब्लिक अफरिकमा केही सेयर बेचेपछि बैंकले आफ्नो रिजर्भ निकै बलियो बनाएको हो । 
 
बैंकको खराब कर्जाको मात्रा पनि निकै घटेको छ । चैतसम्म खराव कर्जा ०.७८ प्रतिसतमा ओर्लिएको छ । गत वर्षसमम १.२८ प्रतिसत थियो । 
 
 
 
 

Tata
GBIME
Nepal Life